विदेशी सम्बन्धन कलेजको ठगीविरुद्ध अखिल (क्रान्तिकारी)को चेतावनी ,१५ दिनभित्र कारबाही नगरे कडा संघर्ष
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालमा सञ्चालन भइरहेका विदेशी सम्बन्धनप्राप्त कलेजहरूले शिक्षाको नाममा संगठित ठगी र शोषण गरिरहेको आरोप लगाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज ज्ञापनपत्र पेश गरेको छ । २०५९ सालमा मन्त्रिपरिषद्बाट जारी गरिएको विदेशी शिक्षण संस्थासम्बन्धी निर्देशिकालाई अवैधानिक र शैक्षिक माफियामैत्री भएको दाबी गर्दै संगठनले सोही निर्देशिकाको आडमा विद्यार्थी ठगी र मानव तस्करीसम्म भइरहेको जनाएको छ ।
शिक्षा सचिव चूडामणि पौडेललाई पेश गरिएको ज्ञापनपत्रमा विदेशी कलेजहरूले प्रति विद्यार्थी लाखौँ रुपैयाँ असुल्ने, भ्रमपूर्ण सम्बन्धनका नाममा अवैध कार्यक्रम सञ्चालन गर्ने, छात्रवृत्ति नदिने, पीडित विद्यार्थीलाई धम्की दिने तथा विद्यार्थीलाई विदेश पठाएर श्रम शोषणमा फसाउने जस्ता गतिविधि गरिरहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले समेत अवै...








