काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्।
गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूले समेत आफ्नो सम्पत्तिको वैध स्रोत सार्वजनिक गर्न सक्नुपर्ने धारणा राखे।
थापाले नागरिकले उठाउने प्रश्नको जवाफ दिन नेताहरू सक्षम हुनुपर्ने उल्लेख गर्दै सम्पत्तिको पारदर्शितामा सबै पक्ष समान रूपमा उत्तरदायी हुनुपर्ने बताए।
साथै, उनले पूर्व गृहमन्त्री सुधन गुरुङ माथि भएको सरकारी छानबिन प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।