Author: नयाँ पाइला खवर

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अझै ३ देखि ४ जना व्यक्ति सुरक्षित अवस्थामा रहेको बताएका छन्। उद्धारपछि प्रतिक्रिया दिँदै साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको जानकारी दिएका हुन्। उनका अनुसार उनीहरू सुरक्षित अवस्थामा छन्। बाढी तथा पहिरोका कारण सुरुङभित्र फसेकामध्ये साहसहित मेकानिकल सुपरभाइजर कवीर महर्जनको पनि उद्धार भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र रहेका बाँकी कर्मचारी तथा प्राविधिकहरूको उद्धारका लागि टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई तीव्र पार्दै सबैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको सर्वोच्च अदालतको अभिलेख शाखामा गएराति आगलागी भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार राति करिब १२ बजेतिर अभिलेख शाखामा आगलागी भएको थियो। आगलागीबाट केही कागजपत्र जले पनि ठूलो क्षति भने नभएको उनले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रवक्ता कोइरालाले बताए। आगलागी नियन्त्रणमा लिएपछि घटनाबारे थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतका पुराना भवनमा आगलागी र तोडफोडबाट ठूलो क्षति पुगेपछि अदालतको कामकारबाही अस्थायी रूपमा नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ। यस्तो अवस्थामा पुनः अभिलेख शाखामै आगलागी भएपछि अदालतमा सुरक्षित राखिए...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकामा स्थानीय निर्णयअनुसार बिदा दिइएको हो। यसैबीच, चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेका छन्।...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म ३८ बालक, ४३ बालिका, ४०६ पुरुष र २३६ महिलाको शव पहिचान भएको छ। यस्तै ४२१ आंशिक अंग र ८२ जनाको पहिचान खुल्न बाँकी छ। बाढीपछि अझै ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।...
दलित–सुकुम्बासीको घर भत्काउने माथि कारबाही माग

दलित–सुकुम्बासीको घर भत्काउने माथि कारबाही माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । दाङको शान्तिनगर–३ भलानेटामा दलित तथा सुकुम्बासी परिवारका घर डोजर लगाएर भत्काइएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। पीडित परिवारद्वारा घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरूले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको घर कानुनी प्रक्रिया पूरा नगरी भत्काउनु गैरकानुनी र अमानवीय भएको बताएका छन्। उनीहरूले घर भत्काउन आदेश दिने तथा डोजर चलाउने सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। पीडितका अनुसार उनीहरू २०५९/६० सालदेखि ऐलानी जग्गामा घर बनाएर बस्दै आएका थिए। तर भदौ ६ गते डोजर लगाएर घर भत्काइएको भन्दै उनीहरूले न्याय, क्षतिपूर्ति तथा आवासको उचित व्यवस्थापनको माग गरेका छन्।...
‘ग्रीन आर्मी’ खारेज गर्न एमाले नेता आचार्यको माग

‘ग्रीन आर्मी’ खारेज गर्न एमाले नेता आचार्यको माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ‘ग्रीन आर्मी’को कानुनी हैसियत र गठनको आधारबारे प्रश्न उठाउँदै उक्त संरचना खारेज गर्न सरकारसँग माग गरेका छन्। आचार्यले नेपालको संविधान तथा प्रचलित कानुनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलजस्ता सुरक्षा निकायलाई मात्र मान्यता दिएको उल्लेख गर्दै अन्य कुनै नाममा समानान्तर सैन्य वा अर्धसैनिक संरचना निर्माण गर्नु गम्भीर विषय भएको बताएका छन्। उनले ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्य र कुन कानुनी प्रावधानका आधारमा गठन गरेको हो भन्ने विषयमा सरकारले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। संविधान र कानुनसँग बाझिने गरी त्यस्तो संरचना सञ्चालन भइरहेको भए तत्काल नियन्त्रणमा लिई खारेज गर्नुपर्ने उनको भनाइ छ। आचार्यले धार्मिक, सामुदायिक वा अन्य कुनै पहिचानका आधारमा अलग सुरक्षा वा अर्धसैनिक संरचना निर्माण ...
जिल्ला र उच्च अदालतको निर्णय उल्ट्याउँदै सर्वोच्चको आदेश, तीन बालक अभिभावकको जिम्मा

जिल्ला र उच्च अदालतको निर्णय उल्ट्याउँदै सर्वोच्चको आदेश, तीन बालक अभिभावकको जिम्मा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
सुर्खेत । १६ वर्षीया इनिशा विकको ज्यान गएको प्रकरणमा जबर्जस्ती करणी गरी ज्यान लिएको आरोपमा थुनामा रहेका तीन बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय शारदा सुवेदी र पुरुषोत्तम निरौलाको संयुक्त इजलासले वीरेन्द्रनगर (घ), (फ) र (न) नामले चिनाइएका तीन बालकलाई बाल सुधार गृहमा राख्ने यसअघिका आदेश बदर गर्दै अभिभावकको जिम्मा लगाउन निर्देशन दिएको हो। यसअघि सुर्खेत जिल्ला अदालतले तीनै बालकलाई बाल सुधार गृहमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालत सुर्खेतले पनि उक्त आदेशलाई सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो। सर्वोच्चले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार अदालतले तोकेका सर्त पालना गर्ने गरी अभिभावक वा परिवारका विश्वासिला व्यक्तिको जिम्मा लगाउन आदेश दिएको हो। अनुमति नलिई देशबाहिर जान नपाउने लगायतका सर्त पालना गर्नुपर्नेछ। आ...
नेकपा (बहुमत) विभाजन तर्फ जान नदिन सजक को अपिल

नेकपा (बहुमत) विभाजन तर्फ जान नदिन सजक को अपिल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजकले पार्टीभित्र देखिएको विवाद विभाजनसम्म पुग्न नदिन सबै पक्षलाई संयमित भएर अघि बढ्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सजकले पार्टी कुनै व्यक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई मार्क्सवाद–लेनिनवाद–माओवादको वैचारिक आधारमा वैज्ञानिक समाजवादको लक्ष्यसहित निर्माण गरिएको बताएका छन्। पार्टीभित्र देखिएको कारबाही र प्रतिकारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले असहमतिलाई संवाद, आलोचना र आत्मालोचनामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्। व्यक्तिभन्दा विचार, गुटभन्दा पार्टी र व्यक्तिगत मतभेदभन्दा समाजवादी भविष्य ठूलो हुनुपर्छ,उनले भनेका छन्। सामाजिक सञ्जालमा एकअर्काको पक्ष–विपक्षमा उभिएर विवाद चर्काउनुको सट्टा पार्टीलाई एकढिक्का बनाउने भूमिका खेल्न उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन...
नेकपा (बहुमत) को विवादमा,५ नं ब्यूरो इन्चार्ज तिलक ले भने– विभाजन होइन, एकताको आधार खोजौँ

नेकपा (बहुमत) को विवादमा,५ नं ब्यूरो इन्चार्ज तिलक ले भने– विभाजन होइन, एकताको आधार खोजौँ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का ५ नम्बर ब्यूरो इन्चार्ज तिलक पुनले पार्टीभित्र देखिएको राजनीतिक तथा संगठनात्मक अन्तरविरोधलाई विभाजनतर्फ नलैजान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले विचार, कार्यदिशा, संगठन, कार्यशैली र राजनीतिक प्रश्नमा अन्तरसंघर्ष हुनु स्वाभाविक भए पनि त्यसलाई संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने बताएका छन्। पार्टीभित्रका असहमति सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र भावनात्मक कित्ताबन्दीका रूपमा प्रस्तुत हुँदा समस्या थप जटिल बन्ने तथा नेता–कार्यकर्तामा भ्रम र निराशा पैदा हुने उनको भनाइ छ। आजको आवश्यकता आरोप–प्रत्यारोप, भावनात्मक कित्ताबन्दी र सामाजिक सञ्जालको जुहारी होइन,’ पुनले भनेका छन्, पार्टी, क्रान्ति र नेपाली जनताको भविष्य प्रति गम्भीर जिम्मेवारीबोध गर्नु हो। उनले पार्टी विभाजनले कुनै पक्षको व्यक्तिगत व...
बाँफिकोट गाउँपालिका खोलामा मोटरसाइकल बग्दा युवक बेपत्ता

बाँफिकोट गाउँपालिका खोलामा मोटरसाइकल बग्दा युवक बेपत्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रूकुम पश्चिम - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित एक युवकलाई बगाउँदा उनी बेपत्ता भएका छन्। मंगलबार अपराह्न खोला पार गर्ने क्रममा मुसिकोटबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेका १८ वर्षीय प्रशान्त सन्यासीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। सन्यासीले चलाएको रा.६ प. १६१८ नम्बरको मोटरसाइकलसमेत खोलाले बगाएको छ। मोटरसाइकलमा पछाडि सवार रामेछापका १८ वर्षीय प्रवीण बस्नेत भने खोलाको बीचमा रहेको ढुंगामा अड्किएको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको छ। बेपत्ता सन्यासीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।...