दाङ । दाङको शान्तिनगर–३ भलानेटामा दलित तथा सुकुम्बासी परिवारका घर डोजर लगाएर भत्काइएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ।
पीडित परिवारद्वारा घोराहीमा आयोजित पत्रकार सम्मेलनमा वक्ताहरूले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको घर कानुनी प्रक्रिया पूरा नगरी भत्काउनु गैरकानुनी र अमानवीय भएको बताएका छन्। उनीहरूले घर भत्काउन आदेश दिने तथा डोजर चलाउने सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
पीडितका अनुसार उनीहरू २०५९/६० सालदेखि ऐलानी जग्गामा घर बनाएर बस्दै आएका थिए। तर भदौ ६ गते डोजर लगाएर घर भत्काइएको भन्दै उनीहरूले न्याय, क्षतिपूर्ति तथा आवासको उचित व्यवस्थापनको माग गरेका छन्।