फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको सर्वोच्च अदालतको अभिलेख शाखामा गएराति आगलागी भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार राति करिब १२ बजेतिर अभिलेख शाखामा आगलागी भएको थियो। आगलागीबाट केही कागजपत्र जले पनि ठूलो क्षति भने नभएको उनले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रवक्ता कोइरालाले बताए। आगलागी नियन्त्रणमा लिएपछि घटनाबारे थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतका पुराना भवनमा आगलागी र तोडफोडबाट ठूलो क्षति पुगेपछि अदालतको कामकारबाही अस्थायी रूपमा नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ। यस्तो अवस्थामा पुनः अभिलेख शाखामै आगलागी भएपछि अदालतमा सुरक्षित राखिएका महत्वपूर्ण कागजातको सुरक्षाबारे समेत प्रश्न उठेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...