Day: September 3, 2026

फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको सर्वोच्च अदालतको अभिलेख शाखामा गएराति आगलागी भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार राति करिब १२ बजेतिर अभिलेख शाखामा आगलागी भएको थियो। आगलागीबाट केही कागजपत्र जले पनि ठूलो क्षति भने नभएको उनले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रवक्ता कोइरालाले बताए। आगलागी नियन्त्रणमा लिएपछि घटनाबारे थप विवरण संकलन तथा क्षतिको यकिन गर्ने काम भइरहेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतका पुराना भवनमा आगलागी र तोडफोडबाट ठूलो क्षति पुगेपछि अदालतको कामकारबाही अस्थायी रूपमा नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ। यस्तो अवस्थामा पुनः अभिलेख शाखामै आगलागी भएपछि अदालतमा सुरक्षित राखिए...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकामा स्थानीय निर्णयअनुसार बिदा दिइएको हो। यसैबीच, चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेका छन्।...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म ३८ बालक, ४३ बालिका, ४०६ पुरुष र २३६ महिलाको शव पहिचान भएको छ। यस्तै ४२१ आंशिक अंग र ८२ जनाको पहिचान खुल्न बाँकी छ। बाढीपछि अझै ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।...