जिल्ला र उच्च अदालतको निर्णय उल्ट्याउँदै सर्वोच्चको आदेश, तीन बालक अभिभावकको जिम्मा

सुर्खेत । १६ वर्षीया इनिशा विकको ज्यान गएको प्रकरणमा जबर्जस्ती करणी गरी ज्यान लिएको आरोपमा थुनामा रहेका तीन बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय शारदा सुवेदी र पुरुषोत्तम निरौलाको संयुक्त इजलासले वीरेन्द्रनगर (घ), (फ) र (न) नामले चिनाइएका तीन बालकलाई बाल सुधार गृहमा राख्ने यसअघिका आदेश बदर गर्दै अभिभावकको जिम्मा लगाउन निर्देशन दिएको हो।

यसअघि सुर्खेत जिल्ला अदालतले तीनै बालकलाई बाल सुधार गृहमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालत सुर्खेतले पनि उक्त आदेशलाई सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो।

सर्वोच्चले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार अदालतले तोकेका सर्त पालना गर्ने गरी अभिभावक वा परिवारका विश्वासिला व्यक्तिको जिम्मा लगाउन आदेश दिएको हो। अनुमति नलिई देशबाहिर जान नपाउने लगायतका सर्त पालना गर्नुपर्नेछ।

आदेशमा अनुसन्धानका क्रममा संकलित कागजात, सीसीटीभी फुटेज, फोन संवाद र घटनासँग सम्बन्धित अन्य प्रमाणको अध्ययन गरिएको उल्लेख छ। तीनै बालकले अनुसन्धान तथा अदालतमा बयानका क्रममा आफूहरूमाथि लागेको आरोप अस्वीकार गरेको पनि सर्वोच्चले जनाएको छ।

उपलब्ध प्रमाण र बालबालिकासम्बन्धी कानुनी व्यवस्थाका आधारमा तत्काल बाल सुधार गृहमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै सर्वोच्चले अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...