बाँफिकोट गाउँपालिका खोलामा मोटरसाइकल बग्दा युवक बेपत्ता

रूकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित एक युवकलाई बगाउँदा उनी बेपत्ता भएका छन्।

मंगलबार अपराह्न खोला पार गर्ने क्रममा मुसिकोटबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेका १८ वर्षीय प्रशान्त सन्यासीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

सन्यासीले चलाएको रा.६ प. १६१८ नम्बरको मोटरसाइकलसमेत खोलाले बगाएको छ। मोटरसाइकलमा पछाडि सवार रामेछापका १८ वर्षीय प्रवीण बस्नेत भने खोलाको बीचमा रहेको ढुंगामा अड्किएको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको छ। बेपत्ता सन्यासीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...