नेकपा (बहुमत) विभाजन तर्फ जान नदिन सजक को अपिल
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजकले पार्टीभित्र देखिएको विवाद विभाजनसम्म पुग्न नदिन सबै पक्षलाई संयमित भएर अघि बढ्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सजकले पार्टी कुनै व्यक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई मार्क्सवाद–लेनिनवाद–माओवादको वैचारिक आधारमा वैज्ञानिक समाजवादको लक्ष्यसहित निर्माण गरिएको बताएका छन्।
पार्टीभित्र देखिएको कारबाही र प्रतिकारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले असहमतिलाई संवाद, आलोचना र आत्मालोचनामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
व्यक्तिभन्दा विचार, गुटभन्दा पार्टी र व्यक्तिगत मतभेदभन्दा समाजवादी भविष्य ठूलो हुनुपर्छ,उनले भनेका छन्। सामाजिक सञ्जालमा एकअर्काको पक्ष–विपक्षमा उभिएर विवाद चर्काउनुको सट्टा पार्टीलाई एकढिक्का बनाउने भूमिका खेल्न उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन...








