काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै संगठनलाई एकढिक्का बनाउने पहल थालेका छन्। उनले मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्।
छलफलमा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको समस्या र आगामी रणनीतिका विषयमा कुराकानी भएको बताइएको छ। पार्टीलाई आगामी दिनमा थप बलियो बनाउन आन्तरिक एकता आवश्यक रहेको भन्दै कोइरालाले सामूहिक छलफल र परामर्शलाई प्राथमिकता दिएका छन्।
यसअघि पनि उनले डा. शशांक कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटेर पार्टीभित्रका समस्या समाधानबारे छलफल गरिसकेका छन्।