Day: June 9, 2026

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तरोन्नति कार्यका क्रममा सडक क्षेत्रभित्र परेका केही घरटहरा हटाइएको छ। नगरपालिकाले सडकको स्वीकृत मापदण्डअनुसार निर्माण कार्यलाई सहज बनाउन संरचना हटाउने कदम चालिएको जनाएको छ। संरचना हटाउने विषयमा केही स्थानीयसँग विवाद भए पनि कानुनी प्रक्रिया पूरा गरेर काम गरिएको नगरपालिकाको भनाइ छ।...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूले समेत आफ्नो सम्पत्तिको वैध स्रोत सार्वजनिक गर्न सक्नुपर्ने धारणा राखे। थापाले नागरिकले उठाउने प्रश्नको जवाफ दिन नेताहरू सक्षम हुनुपर्ने उल्लेख गर्दै सम्पत्तिको पारदर्शितामा सबै पक्ष समान रूपमा उत्तरदायी हुनुपर्ने बताए। साथै, उनले पूर्व गृहमन्त्री सुधन गुरुङ माथि भएको सरकारी छानबिन प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।...
लिपुलेख–कालापानीबारे माओवादीको कडा आपत्ति, नेपाली सेना परिचालन गर्न माग

लिपुलेख–कालापानीबारे माओवादीको कडा आपत्ति, नेपाली सेना परिचालन गर्न माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी पछिल्लो कूटनीतिक घटनाक्रमप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले भारत र चीनबीच लिपुलेख नाका हुँदै व्यापारिक आवागमन सुचारु गर्ने तथा आपसी व्यापार पुनःस्थापना गर्ने सहमतिप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त क्षेत्र नेपालको सार्वभौम भूभाग भएको दाबी गरेको छ। ऐतिहासिक प्रमाण र विभिन्न सन्धिहरूले उक्त भूमि नेपालको अभिन्न हिस्सा रहेको पुष्टि गर्ने माओवादीको भनाइ छ। विज्ञप्तिमा नेपाल सरकारले लामो समयदेखि प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप लगाइएको छ। सरकारले समयमै आवश्यक कदम नचालेको कारण नेपालको भूभागमाथि अन्तर्राष्ट्रिय स्तरमा असर पर्ने अवस्था सिर्जना भएको दाबी पनि गरिएको छ। पार्टीले संवेदनशील क्षेत्रको सुरक्षा र नियन्त्रणका लागि तत्काल नेपाली सेना परिचालन गर्न सरकारसँग जोड...
राजपुरमा नागरिकता प्रकरण: वडाध्यक्ष, सचिव र कर्मचारी पक्राउ

राजपुरमा नागरिकता प्रकरण: वडाध्यक्ष, सचिव र कर्मचारी पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिरलाई भारतीय नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्न सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गढवाका अनुसार भारतीय नागरिक आलम जोल्हालाई उक्त वडाको बासिन्दा भएको सिफारिस उपलब्ध गराई नागरिकता प्रक्रियामा सहयोग गरेको आरोपमा अनुसन्धान सुरु गरिएको हो। यस प्रकरणमा वडाध्यक्ष अहिरसँगै वडासचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी तथा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।...