वाम लोकतान्त्रिक युवा अभियानमा संलग्न भएपछि ‘असल’माथि कारबाही, पार्टीबाट निष्कासन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले केन्द्रीय तहका नेता चन्द्र खड्का ‘असल’लाई पार्टीको सम्पूर्ण जिम्मेवारी तथा सदस्यताबाट मुक्त गरेको छ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिअनुसार संगठन अधिवेशन आयोजक समितिका सदस्य रहेका खड्काले पार्टीको नीति, विचार र कार्यक्रमअनुसार काम गर्नुको सट्टा ‘वाम–लोकतान्त्रिक युवा अभियान’ निर्माण गरी अलग गतिविधि अघि बढाएको भन्दै कारबाही गरिएको हो।

विज्ञप्तिमा पार्टीको जिम्मेवारीमा रहँदै फरक राजनीतिक अभियान सञ्चालन गर्नु पार्टीको मान्यता विपरीत भएको उल्लेख गरिएको छ। पार्टीले मालेमावादी विचार, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार अघि बढ्ने स्पष्ट गर्दै बाहिर गठन गरिएको मोर्चाका केही विषय यथास्थितिवादी र पार्टीको सिद्धान्तसँग मेल नखाने दाबी गरेको छ।

सोही कारण खड्कालाई पार्टीको सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट मुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...