लिपुलेख–कालापानीबारे माओवादीको कडा आपत्ति, नेपाली सेना परिचालन गर्न माग

काठमाडौँ । गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी पछिल्लो कूटनीतिक घटनाक्रमप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीले भारत र चीनबीच लिपुलेख नाका हुँदै व्यापारिक आवागमन सुचारु गर्ने तथा आपसी व्यापार पुनःस्थापना गर्ने सहमतिप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त क्षेत्र नेपालको सार्वभौम भूभाग भएको दाबी गरेको छ। ऐतिहासिक प्रमाण र विभिन्न सन्धिहरूले उक्त भूमि नेपालको अभिन्न हिस्सा रहेको पुष्टि गर्ने माओवादीको भनाइ छ।

विज्ञप्तिमा नेपाल सरकारले लामो समयदेखि प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप लगाइएको छ। सरकारले समयमै आवश्यक कदम नचालेको कारण नेपालको भूभागमाथि अन्तर्राष्ट्रिय स्तरमा असर पर्ने अवस्था सिर्जना भएको दाबी पनि गरिएको छ।

पार्टीले संवेदनशील क्षेत्रको सुरक्षा र नियन्त्रणका लागि तत्काल नेपाली सेना परिचालन गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, राज्यले गम्भीरता नदेखाएमा थप राजनीतिक तथा जनस्तरीय दबाब सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...