गायिका प्रिती आले मगरको प्रस्तुतीले दर्शक नचाए

दाङ। दाङ घोराही दोस्रो पर्यटन तथा सांस्कृतिक मेलाको सांगीतिक कार्यक्रममा चर्चित गायिका प्रिती आले मगरको सशक्त प्रस्तुतीले दर्शकहरूलाई नचाउन सफल भएको छ। स्टेजमा उत्रिएसँगै उनले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दै मेलाको माहोल तताएकी थिइन्।

गायिका आलेले बन्दी पुरै ठिटो, बामरी बामरी, डाँडै माथि पिपल, सोल्टी राजाको कम्मरमा पानी, दोहोरी ब्याटल, रोधी घर, आयो तेरो सर र झोरा जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू नाच्न र झुम्न बाध्य बने। दर्शकको उत्साह र तालीले स्टेज भरिएको थियो।

कार्यक्रममा गायक प्रेम शर्माले लुकी लुकी हेर्न मन लाग्यो, माली गाईलाई बाँधेको दाम्ला र बसिसक्यो माया, गीत प्रस्तुत गरे भने गायक सुदन थापाले माया प्रेम नजिक भयो, तिम्रो आत्मामा मेरो आत्मा छ र पापै लागोस् तँलाई पापी नि गीतमार्फत दर्शकको मन जितेका थिए।

त्यस्तै मोडल तथा डान्सर चाहना झाँक्रीको नृत्यले दर्शकलाई थप मनोरञ्जन दिएको थियो भने डान्सर मिरा घर्ती र बिरा घर्तीको प्रस्तुतिले पनि कार्यक्रममा आकर्षण थपेको थियो।

कार्यक्रमको सञ्चालन माधव जोन खत्रीले गरेका थिए। सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार पर्यटन तथा सांस्कृतिक मेलाले स्थानीय कला, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै आफ्नो मौलिकपन बोकेको छ।

मेलामा कलाकारहरूको प्रभावशाली प्रस्तुतिले दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...