उज्यालो नेपाल पार्टीमा आन्तरिक संकट गहिरिँदै, तीन केन्द्रीय सदस्यको सामूहिक बहिर्गमन

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा आएको छ । पार्टीका तीन केन्द्रीय सदस्यले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएपछि उनेपाभित्रको संगठनात्मक कमजोरी पुनः चर्चामा आएको छ ।

राजीनामा दिने नेताहरूमा समानुपातिक उम्मेदवारसमेत रहेका डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । उनीहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर रहेको, विचार, विधि र कार्यदिशा अस्पष्ट रहेको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको गम्भीर आरोप लगाएका छन् ।

राजीनामापछि सार्वजनिक संयुक्त विज्ञप्तिमा उनीहरूले यस्ता संरचनात्मक कमजोरीका कारण पार्टीभित्र बसेर राजनीतिक उद्देश्य हासिल गर्न नसकिने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । पार्टी नेतृत्वले पहिचान, आत्मनिर्णय र समावेशी राजनीतिका मुद्दालाई स्पष्ट दिशानिर्देश दिन नसकेको उनीहरूको भनाइ छ ।

डकेन्द्रसिंह थेगिम पार्टी गठनअघि प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए । त्यस्तै ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू अरुण पूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ नामाकरण गर्नुपर्ने मागसहित लामो समयदेखि पहिचान आन्दोलनको नेतृत्व गर्दै आएका नेता हुन् ।

उज्यालो नेपाल पार्टीले थेगिमलाई आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक उम्मेदवारको तेस्रो नम्बरमा राखेको थियो । तर पार्टीको आन्तरिक संरचना र एजेन्डाप्रति असन्तुष्टि जनाउँदै उनले समेत पार्टी परित्याग गरेका छन् ।

राजीनामापछि नेताहरूले आफूहरू स्वतन्त्र रूपमा रहेर संयुक्त पहिचानवादी मोर्चालाई सुदृढ बनाउने घोषणा गरेका छन् । पहिचान, आत्मनिर्णय र समावेशी राजनीतिका मुद्दालाई नयाँ ढंगले अघि बढाइने उनीहरूको प्रतिबद्धता छ ।

यसअघि कुलमान घिसिङ नेतृत्वमा पार्टी गठन भएपछि रास्वपासँगको एकता र त्यसपछिको विभाजनकै क्रममा केही नेताहरू रास्वपामै सीमित हुँदा उज्यालो नेपाल पार्टीले प्रारम्भिक राजनीतिक धक्का व्यहोरेको थियो । पछिल्लो घटनाक्रमलाई पार्टीभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको गम्भीर चुनौतीका रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...