काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनले कैलाली–१ बाट दर्ता गराएको उम्मेदवारी निर्वाचन प्रक्रियाबाट बाहिरिएको हो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालविक्रम थापाविरुद्ध परेको उजुरीबारे निर्वाचन आयोगमा अझै छलफल जारी छ ।
निर्वाचन आयोगमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकामा तीन उजुरी भने खारेज भइसकेका छन् ।
भक्तपुर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध परेका उजुरीसमेत खारेज भएका छन् ।