सरकारी जग्गा घोटाला: घोराहीका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ। बाँके मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत तथा हाल दाङको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी भ्रष्टाचार मुद्दामा तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा केसीसहित नौ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार केसीले मालपोत अधिकृत अशोककुमार भट्टराईलगायतसँग मिलेमतो गरी झुट्टा सर्जमिन मुचुल्का, गलत सिफारिस र निर्णयका आधारमा सरकारी नाममा रहनुपर्ने जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन्। उक्त जग्गा तत्काल प्रचलित मुलुकी ऐनको अपुताली महलअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने थियो।

सर्वोच्च अदालतबाट समेत अपुताली हक नपुग्ने भनी अन्तिम फैसला भइसकेको अवस्थामा पनि गैरकानूनी रूपमा जग्गा दर्ता गरिएको अख्तियारको ठहर छ।

यसबाट राज्यलाई करिब ४३ लाख ३० हजार रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाइएको छ। मुद्दा दायरसँगै केसी निलम्बनमा परेपछि घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...