चुनाव पछि देश गम्भीर दुर्घटनामा पर्नेछ : संयाेजक मुक्ति गैरे

काठमाडौं : विद्यार्थी स्वयंसेवक नेपालकाे केन्द्रीय संयाेजक मुक्ति गैरेले चुनाव पछि देश गम्भीर दुर्घटनामा पर्ने बताएका छन् । अघिल्ला सरकारहरुले थुप्रै अक्षम अपराधहरु गर्दै राष्ट्रघाति MCC सम्झौता पास गरेको छ अघिल्ला सरकारहरुकाे टेबुलमा अमेरिकी सुरक्षा लगानी परियोजना SPP थियोे अब चुनाव पछि बन्ने सरकारले यसलाई अब बन्ने सदनमा पेस  गरि केही नयाँ र पुराना सबै मिलेर पास गर्ने बताए । त्यसैले उनलेे भने यस्ता राष्ट्रघाति र जनघाति सम्झौताहरुलाई अनुमाेदन गर्ने चुनाव अस्वीकार गर्दै Election नभई Selection मार्फत जनताको जनप्रतिनिधि सभा गठन गरि जनसरकार निर्माणले मात्रै राष्ट्रिय, जनतन्त्र र जनजिविकाकाे रक्षा गर्न सक्ने जिकिर गरे । उनलेे व्यक्त गरेको कुरा जस्ताको त्यस्तै :
Right To Reject.
(अस्वीकार गर्ने अधिकार)
चुनाव पछि देश गम्भीर दुर्घटनामा पर्नेछ ।

<अप्रत्याशित रुपमा उदाउनु भनेको रहस्यवाद हाे । रहस्यवाद कित शुन्यमा परिणत भएर समाप्त हुन्छ भने कित बिग्रह वा प्रलय लिएर ध्वंस भएर सकिन्छ । याे सार्वभौम नियमलाई हामीले बुझ्नुपर्छ । अहिले केही दशक अगाडिबाट हाम्रो देशमा यस्तै चमत्कारी पुर्ण ढंगले अप्रत्याशित रुपमा केही पात्रहरुकाे उदय पछि कहालीलाग्दा ठुल ठुला घटनाहरु घटिरहेका छन् । ध्वंस अनि अमानवीय घटनाहरु हत्या, हिंसा, बलत्कार, ठगि, लुटपाट मच्चि रहेको छ । त्यति मात्रै हाेईन् हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई समाप्त पार्न अन्तिम षड्यन्त्रकाे तानाबाना बुनिएकाे छ । कुकर्म अपराध, भ्रष्टाचार र कुशासनले सिमा नाघेपछि जनआक्राेशलाई प्रयाेजित आन्दाेलनमा परिणत गरेर देश नै सिध्याउने षड्यन्त्र भईरहेकाे छ, आक्रमण गरिएको छ, विध्वंस मच्चाईएकाे छ, जलाईएकाे छ र खरानी बनाईएकाे छ ।

अघिल्ला सरकारहरुले भ्रष्टाचार, कुशासन, राष्ट्रघाति र जनघाति सम्झौताहरु १२ बुँदे दिल्ली सम्झौता, विप्पा सम्झौता र MCC सम्झौता सरकारले सदनबाट पास गरी यस्ता खाले थुप्रै कुकर्म अपराधहरु मिलि जुलि गरे, जसका कारण हामीलाई पिडाबाेध भएको थियोे, अहिलेसम्म भईरहेकाे छ । हाम्रो राष्ट्रिय अस्मिता लुटि रहदा कहिल्यै पनि टुलुटुलु हेरेर बस्न सकेनौं र सक्दैनौं । यस्तै श्रृङखलाकाे अन्तिम रुप दिन चमत्कारी पुर्ण ढंगले अप्रत्याशित रुपमा केही पात्रहरुकाे उदय पछि कहालीलाग्दा ठुल ठुला घटनाहरु घटिरहेका छन् नागरिकता काण्ड, पासपोर्ट काण्ड, सहकारी काण्ड, राष्ट्रियता, जनतन्त्र र जनजिविका माथि प्रहार गर्दै राष्ट्रिय सम्पत्तिहरु जलाउने, कुख्यात अपराधीहरुलाई जेलहरु फाेरेर निकाल्ने जस्ता दर्जनौं अक्षम अपराधहरुबाट मुक्त गर्ने काम भईरहेकाे छ । यहीँ राष्ट्रघाति र जनघाति श्रृङखलाहरुलाई कायम राख्न, यसलाई अनुमाेदन गर्न, यस्ता राष्ट्रिय कुख्यात अपराधहरुलाई चाेख्याउन चुनावकाे नाटक मंचन गरिएको छ । याे चुनावमा पनि कसैको बहुमत आउदैन् यहीँ व्यवस्थाकाे चुनावले राष्ट्रिय निकास दिन सक्दैन् । यसले अब अघिल्लो सरकारकाे टेबुलमा रहेको SPP अमेरिकी लगानी सुरक्षा परियोजना सम्झौतालाई केही नयाँ र पुराना दलहरु सबै मिलेर अब चुनाव पछि बन्ने सरकारले पेस गर्ने र सदनले पास गर्ने छन् । त्यसपछि MCC परियोजनाकाे नाममा SPP सम्झौता कार्यनयन भई औंपचारिक रुपमा अमेरिकी सेना नेपाल प्रवेश गर्ने छ । नेपाल जस्तो भुराजनितिक संवेदनशील ठाउँ अमेरिकी सेना आउनु भनेको विकास हाेईन् विनाश हाे, शान्ति हाेईन् औपचारिक रुपमा अशान्ति निम्याउनु हाे । देशलाई ठूलो युद्ध रणचाैकि बनाउनु हाे । तसर्थ यस्तो परिस्थितिकाे निर्माण गर्ने चुनावलाई अस्वीकार गर्दै Election नभई Selection मार्फत जनप्रतिनिधि सभा गठन गरि जनसरकार निर्माण गराैं, यसले मात्रै राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे रक्षा गर्न सक्दछ ।´

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...