Day: August 15, 2026

जाजरकोटमा पहिरोले घर तथा टहरा क्षतिग्रस्त, ७ जना घाइते

जाजरकोटमा पहिरोले घर तथा टहरा क्षतिग्रस्त, ७ जना घाइते

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
जाजरकोट - जाजरकोटमा लगातार भइरहेको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा घर तथा अस्थायी टहरामा क्षति पुगेको छ। पहिरोमा परी ७ जना घाइते भएका छन्। जिल्लाको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा पहिरो खसेपछि स्थानीय प्रभावित भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको छ भने थप उपचार आवश्यक परेकालाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। यस्तै, पहिरोका कारण भेरी नगरपालिका–३ स्यालामा एउटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुईवटा अस्थायी टहरा समेत पहिरोले भत्काएको जनाइएको छ। घटनापछि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण थप पहिरो तथा क्षतिको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।...
३ नम्बर ब्यूरोमा नेकपा (बहुमत)को वैचारिक प्रशिक्षण

३ नम्बर ब्यूरोमा नेकपा (बहुमत)को वैचारिक प्रशिक्षण

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (बहुमत)को ३ नम्बर ब्यूरोले वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको विचार, राजनीति र संगठनात्मक सिद्धान्तलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रशिक्षणमा अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र नेता दीपक चलाउनेले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा पार्टीको वैचारिक दृष्टिकोण, राजनीतिक कार्यदिशा तथा संगठनात्मक विषयमा सहभागीहरूबीच छलफल र बहस गरिएको थियो। वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा पार्टीको विचार र संगठनलाई अघि बढाउने विषयमा प्रशिक्षण केन्द्रित रहेको जनाइएको छ। पार्टीका अनुसार आगामी असोज ५ देखि १० गतेसम्म हुने नेकपा (बहुमत)को प्रथम राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै प्रशिक्षण आयोजना गरिएको हो। सम्मेलनका कार्यभार पूरा गर्न पार्टीभित्र वैचारिक बहसलाई थप व्यापक बनाउने तथा संगठनात्मक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइ...
ओलीको स्पष्ट सन्देश : अर्को महाधिवेशनसम्म नेतृत्व छाड्दिनँ

ओलीको स्पष्ट सन्देश : अर्को महाधिवेशनसम्म नेतृत्व छाड्दिनँ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर बहस तीव्र भइरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी कठिन परिस्थितिमा रहेका बेला जिम्मेवारीबाट पन्छिने आफ्नो स्वभाव नभएको बताए। उनले आफू कार्यकर्ताको मतबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गर्दै अर्को महाधिवेशनसम्म नेतृत्वमा रहने दाबी गरे। पार्टी कार्यालयमै बसेर अध्यक्ष परिवर्तनका लागि हस्ताक्षर संकलन गरिएको विषयप्रति ओलीले असन्तुष्टि जनाए। उनले यस्तो गतिविधिले पार्टीको अनुशासन र संगठनात्मक विधिमाथि प्रश्न उठाउने बताए। ओलीले पार्टीभित्र देखिएको असन्तुष्टिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्तिप्रति समेत आपत्ति जनाए। पार्टीमा रहने हो भने नीति, निर्णय र अनुशासन पालना गर्नुपर्ने उ...
हिजोको आक्रोश, आजको यथार्थ र निकासको बाटो खोजौँ : शंकर पोखरेल

हिजोको आक्रोश, आजको यथार्थ र निकासको बाटो खोजौँ : शंकर पोखरेल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनपछि पनि नागरिकका दैनिक समस्या समाधान हुन नसकेको भन्दै अब दोषारोपणभन्दा सुधार र सहकार्यमा जोड दिनुपर्ने बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसकेको, सेवाका लागि घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग गरिएको स्मरण गराएका छन्। उनले नेतृत्व परिवर्तन भए पनि ती समस्या समाधान हुन नसकेको भन्दै अहिलेभूराजनीतिक असन्तुलन र असुरक्षा, साम्प्रदायिक तथा धार्मिक सद्भावमा चुनौती र चरम निराशा तथा मानसिक तनाव बढ्दै गएकोउल्लेख गरेका छन्। उनले भनेका छन्, “हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइयो, आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता किन देखिएन? अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन।” पोखरेलले देश आर्थिक रूपमा सबल नभएसम्म आ...
ग्रेटर नेपाल कम्युनिस्ट पार्टी दाङको पहल पछि गढवामा मल वितरण विवाद छानबिन हुने

ग्रेटर नेपाल कम्युनिस्ट पार्टी दाङको पहल पछि गढवामा मल वितरण विवाद छानबिन हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ - दाङको गढवा गाउँपालिकामा रासायनिक मल वितरणलाई लिएर उत्पन्न विवादबारे छानबिन गर्ने निर्णय भएको छ। ग्रेटर नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला समितिको समन्वयमा शनिबार गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, वडाध्यक्ष, सहकारी अध्यक्ष तथा पार्टी प्रतिनिधि बीच भएको छलफलले यस्तो निर्णय गरेको हो। शुक्रबार सालझुण्डी सहकारी, गढवा–४ ले कृषि सामग्री कम्पनीबाट ल्याउँदै गरेको रासायनिक मल सहकारीका अध्यक्षको निर्देशनमा बीचबाटोमै वितरण गरेको आरोपपछि पार्टीले मल बोकेको ट्याक्टर नियन्त्रणमा लिएको थियो। सोही घटनाका विषयमा शनिबार छलफल गरिएको हो। छलफलमा सालझुण्डी सहकारीका अध्यक्षमाथि उठेका प्रश्नबारे अनुसन्धान गरी अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८० अनुसार छानबिन गर्ने सहमति भएको छ। छानबिनका क्रममा मल वितरणको रेकर्डसमेत माग गरिएको ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विवेकले बताए। ...
डिएपी–युरिया मलसहित चार जना पक्राउ

डिएपी–युरिया मलसहित चार जना पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङमा डिएपी र युरिया मल तोकिएको स्थानमा नपुर्‍याई बढी मूल्यमा बिक्री गरेको आरोपमा ट्याक्टरसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार घोराही–१५ बाट बंगलाचुली–५ लैजानुपर्ने मल घोराही–७ सिसहनियामा लगेर बिक्री गरेको पाइएको हो। पक्राउ पर्नेमा ट्याक्टर चालक सोहनलाल चौधरी, ट्याक्टर साहु कृष्ण चौधरी तथा सहकारीका कर्मचारी खिमबहादुर खत्री र दिवाकर खत्री रहेका छन्। उनीहरूलाई कालोबजारीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी जिल्ला प्रशासन कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिए।...
ग्यास लिन नागरिकता चाहिने भएपछि ज्ञानेन्द्र शाहीको व्यंग्य

ग्यास लिन नागरिकता चाहिने भएपछि ज्ञानेन्द्र शाहीको व्यंग्य

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खाना पकाउने ग्यास खरिदमा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै शाहीले ग्यास लिनसमेत घण्टौँ लाइनमा बसेर परिचयपत्र देखाउनुपर्ने अवस्थाप्रति व्यंग्य गरेका छन्। उनले भनेका छन्, ‘ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो?’ जनताले दैनिक उपभोगका अत्यावश्यक वस्तु सहज रूपमा पाउने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने शाहीको भनाइ छ।...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भीसी कप फुटसल सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भीसी कप फुटसल सुरु

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीबीच आपसी सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धा बढाउने उद्देश्यले ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ। घोराहीको भरतपुर रोडस्थित पुरानो हाउस फुटसल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रतिष्ठानसँग आबद्ध चिकित्सक, कर्मचारी तथा विद्यार्थीका १० टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन अस्पताल निर्देशक तथा निमित्त कार्यालय प्रमुख सह–प्राध्यापक डा. सुरेश रसाइलीले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा डा. रसाइलीले व्यस्त कार्यतालिकाबीच खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यसँगै सहकर्मीबीचको सम्बन्ध र टीम भावना बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो। दुई दिनसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई उपकुलपति प्राडा अजयकुमार मिश्रबाट पुरस्कार तथा सम्मान प्रदान गरिने...
ओली निर्वाचनपछि पहिलोपटक झापा पुगे

ओली निर्वाचनपछि पहिलोपटक झापा पुगे

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन्। शनिबार भद्रपुर विमानस्थलमा ओर्लिएका ओलीलाई एमाले नेता–कार्यकर्ताले नाराबाजीसहित स्वागत गरे। ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत आइतबार हुने कार्यक्रममा सहभागी हुन झापा पुगेका ओलीले पार्टी संगठन र आगामी रणनीतिबारे सम्बोधन गर्ने बताइएको छ। निर्वाचनमा ओली झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहसँग पराजित भएका थिए।...
इन्डोनेसियामा शक्तिशाली भूकम्प, एक जनाको ज्यान गयो

इन्डोनेसियामा शक्तिशाली भूकम्प, एक जनाको ज्यान गयो

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, मुख्य समाचार, समाचार
इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। फ्लोरेस क्षेत्र केन्द्रबिन्दु रहेको भूकम्पमा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम देखिएपछि केही समय सतर्कता अपनाउन निर्देशन दिइएको थियो। चेतावनी हटाइए पनि समुद्री किनारबाट टाढा रहन अधिकारीहरूले आग्रह गरेका छन्। भूकम्पबाट केही संरचनामा क्षति पुगेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। सम्भावित परकम्पबाट बच्न क्षतिग्रस्त भवनमा नजान सर्वसाधारणलाई सचेत गराइएको छ।...