इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। फ्लोरेस क्षेत्र केन्द्रबिन्दु रहेको भूकम्पमा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम देखिएपछि केही समय सतर्कता अपनाउन निर्देशन दिइएको थियो। चेतावनी हटाइए पनि समुद्री किनारबाट टाढा रहन अधिकारीहरूले आग्रह गरेका छन्।
भूकम्पबाट केही संरचनामा क्षति पुगेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। सम्भावित परकम्पबाट बच्न क्षतिग्रस्त भवनमा नजान सर्वसाधारणलाई सचेत गराइएको छ।