हिजोको आक्रोश, आजको यथार्थ र निकासको बाटो खोजौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनपछि पनि नागरिकका दैनिक समस्या समाधान हुन नसकेको भन्दै अब दोषारोपणभन्दा सुधार र सहकार्यमा जोड दिनुपर्ने बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसकेको, सेवाका लागि घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग गरिएको स्मरण गराएका छन्।

उनले नेतृत्व परिवर्तन भए पनि ती समस्या समाधान हुन नसकेको भन्दै अहिलेभूराजनीतिक असन्तुलन र असुरक्षा, साम्प्रदायिक तथा धार्मिक सद्भावमा चुनौती र चरम निराशा तथा मानसिक तनाव बढ्दै गएकोउल्लेख गरेका छन्।

उनले भनेका छन्, “हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइयो, आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता किन देखिएन? अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन।”
पोखरेलले देश आर्थिक रूपमा सबल नभएसम्म आधारभूत समस्या पूर्ण रूपमा समाधान नहुने यथार्थ स्वीकार गर्दै इमानदार पहल गर्नुपर्ने बताएका छन्।

उनले दैनिक समस्याको समाधानसँगै विकास र समृद्धिका दीर्घकालीन योजना अघि बढाउनुपर्ने, संकटमा एक्लै हिँड्ने प्रवृत्ति त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने तथा प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार यी विषयमा सुधार गर्न सके“सडकबाट सरकार बदल्नुपर्ने नियति”दोहोरिनबाट रोक्न सकिनेछ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...