काठमाडौं । नेकपा (बहुमत)को ३ नम्बर ब्यूरोले वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको विचार, राजनीति र संगठनात्मक सिद्धान्तलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रशिक्षणमा अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र नेता दीपक चलाउनेले प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा पार्टीको वैचारिक दृष्टिकोण, राजनीतिक कार्यदिशा तथा संगठनात्मक विषयमा सहभागीहरूबीच छलफल र बहस गरिएको थियो। वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा पार्टीको विचार र संगठनलाई अघि बढाउने विषयमा प्रशिक्षण केन्द्रित रहेको जनाइएको छ।
पार्टीका अनुसार आगामी असोज ५ देखि १० गतेसम्म हुने नेकपा (बहुमत)को प्रथम राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै प्रशिक्षण आयोजना गरिएको हो। सम्मेलनका कार्यभार पूरा गर्न पार्टीभित्र वैचारिक बहसलाई थप व्यापक बनाउने तथा संगठनात्मक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको छ।