दाङमा डिएपी र युरिया मल तोकिएको स्थानमा नपुर्याई बढी मूल्यमा बिक्री गरेको आरोपमा ट्याक्टरसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार घोराही–१५ बाट बंगलाचुली–५ लैजानुपर्ने मल घोराही–७ सिसहनियामा लगेर बिक्री गरेको पाइएको हो। पक्राउ पर्नेमा ट्याक्टर चालक सोहनलाल चौधरी, ट्याक्टर साहु कृष्ण चौधरी तथा सहकारीका कर्मचारी खिमबहादुर खत्री र दिवाकर खत्री रहेका छन्।
उनीहरूलाई कालोबजारीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी जिल्ला प्रशासन कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिए।