ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड दिने
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन ग्लोबल आइएमई बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बैंकका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, धेरै बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित भएको अवस्थामा तत्काल राहत र पुनर्स्थापनाका लागि सहयोग रकम उपलब्ध गराउन लागिएको हो।
बैंकले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न र अस्थायी बसोबासको व्यवस्थासँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रक...







