राजनीतिक मतभेद बिर्सेर विपत्तिमा एकजुट हुन प्रचण्डको आग्रह

काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीचको मतभेद पन्छाएर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्।

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले विपत्तिको समयमा दलगत स्वार्थभन्दा नागरिकको जीवन रक्षा प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

उनले अहिले राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिनेभन्दा खोजी, उद्धार तथा राहतमा सबै राजनीतिक शक्ति परिचालन हुनुपर्ने बताए।

प्रचण्डले विगतमा कोशी बाढी, जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरू एकजुट भएर संकटको सामना गरेको स्मरण गरे।

लोकतन्त्रमा राजनीतिक मतभेद स्वाभाविक भए पनि विपत्तिको समयमा ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...