काठमाडौँ — रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको भीषण बाढीपछि भारतले नेपाललाई राहत तथा उद्धार सामग्री पठाउने भएको छ।
नेपाल सरकारको आग्रहपछि भारतीय वायुसेनाको जहाज राहत सामग्रीसहित काठमाडौं आउँदै गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।
भारतले सोही प्रतिबद्धताअनुसार उद्धार तथा राहत सामग्री नेपाल पठाउन लागेको हो। बाढी प्रभावित क्षेत्रमा अहिले खोजी, उद्धार तथा राहत वितरणको काम जारी छ।