रसुवा–नुवाकोटमा सम्पर्क विहीन दाङका तीन जना परिवारको सम्पर्कमा

दाङ । रसुवा, नुवाकोटलगायत जिल्लामा आएको भीषण बाढीका कारण कामको सिलसिलामा ती क्षेत्रमा रहेका दाङका केही व्यक्ति सम्पर्कविहीन भएपछि खोजी तथा समन्वय भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेको सूचनाअनुसार सम्पर्कविहीन भनिएका व्यक्तिमध्ये ध्रुवबहादुर बुढा मगर, गोपाल चौधरी र बुद्धिराम चौधरी आफ्नो परिवारको सम्पर्कमा आएका छन्।

कार्यालयका अनुसार अन्य सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे भने हालसम्म यथार्थ विवरण प्राप्त हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) तथा सुरक्षा निकायहरू निरन्तर सम्पर्क र समन्वयमा रहेको जनाइएको छ।

सम्पर्कविहीन भएका व्यक्तिका परिवार तथा आफन्तलाई धैर्य गर्न आग्रह गर्दै प्रशासनले थप विवरण प्राप्त भए आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...