दाङ । लोक दोहोरी गायिका टीका सानुले बाढी तथा विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।
तुलसीपुर–४ निवासी सानुले विपत्तिको समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेकी हुन्। सहयोग सार्वजनिक गर्दै उनले विपद्को समयमा सबैलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेकी छन्।
उनले राहत सामग्री ढुवानीका लागि हवाई भाडा घटाउनसमेत सरकारसँग आग्रह गरेकी छन्।