ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड दिने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन ग्लोबल आइएमई बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बैंकका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, धेरै बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित भएको अवस्थामा तत्काल राहत र पुनर्स्थापनाका लागि सहयोग रकम उपलब्ध गराउन लागिएको हो।

बैंकले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न र अस्थायी बसोबासको व्यवस्थासँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावितको राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।

बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो महत्वपूर्ण दायित्वका रूपमा अघि बढाउँदै आएको जनाएको छ। पछिल्ला वर्षमा बैंकले ‘बेष्ट बैंक नेपाल’ लगायतका विभिन्न अवार्ड प्राप्त गरेको छ।

देश भित्र विप्रेषण भित्र्याउने कार्यमा समेत सक्रिय रहेको बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...