Day: March 7, 2026

बालेन सँग हार पछि ओलीको चिन्ता : अब हामीमाथि धरपकड हुन सक्छ ।

बालेन सँग हार पछि ओलीको चिन्ता : अब हामीमाथि धरपकड हुन सक्छ ।

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । केपी शर्मा ओली ले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र साह सँग ठूलो मतान्तरले पराजित हुँदै गर्दा आगामी राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीले आफूलाई भेट्न पुगेका केही नेताहरूसँग नयाँ सरकार बनेपछि पुराना दलका नेतामाथि धरपकड, मुद्दा वा राजनीतिक दबाब आउन सक्ने आशंका व्यक्त गरेको स्रोतले जनाएको छ। उनले सम्भावित राजनीतिक चुनौतीको सामना गर्न पार्टीलाई तयार रहनुपर्ने धारणा राखेको पनि बताइएको छ। साथै ओलीले देशको राजनीतिक परिस्थिति भूराजनीतिक प्रभावसँग पनि जोडिएको हुन सक्ने टिप्पणी गरेका थिए। <span;>यसैबीच चुनावी परिणाम सार्वजनिक भइरहेका बेला ओली निवासमा नेता–कार्यकर्ताको चहलपहल भने अपेक्षाकृत कम देखिएको बताइएको छ।...
अछाममा  ५ सय २६  मतले पराजित  भए भीम रावल

अछाममा  ५ सय २६  मतले पराजित  भए भीम रावल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
अछाम । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाममा कडा प्रतिस्पर्धापछि भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन्। उनलाई नेपाली कांग्रेस का उम्मेदवार भरतकुमार स्वार ले ५ सय २६ मतान्तरले हराउँदै विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गरेका छन् भने रावलले १० हजार २ सय ३३ मत पाए। दुवैबीचको मतान्तर ५ सय २६ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दीपकबहादुर साउद तेस्रो स्थानमा रहे। उनले ७ हजार ३८९ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार ओमप्रकाश रावल ले १ हजार ७३९ मत प्राप्त गरेका छन्। अछाममा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको थियो। अन्ततः झिनो मतान्तरसहित कांग्रेसका स्वार विजयी हुँदा रावल पराजित भएका हुन्।...
रोल्पा नेकपा बर्षमान पुन विजयी

रोल्पा नेकपा बर्षमान पुन विजयी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
रोल्पा । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुन विजयी भएका छन् । उनले २७ हजार ४६० मत ल्याए । नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार आठ मत पाए । रास्वपाका बालराम थापाले १० हजार ८९४ मत ल्याउँदा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत ल्याए ।
यो चुनावले पश्चिमेली पुँजीवादका नयाँ अनुहारका गोटीहरू मात्रै बदलिने छन् : तिलक पुन

यो चुनावले पश्चिमेली पुँजीवादका नयाँ अनुहारका गोटीहरू मात्रै बदलिने छन् : तिलक पुन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का सचिवालय सदस्य तिलक पुन ले वर्तमान निर्वाचन प्रक्रियाले जनताको वास्तविक समस्याको समाधान दिन नसक्ने बताएका छन्। उनले अहिले नेपालमा चलिरहेको राजनीतिक प्रवृत्ति दुई धारमा विभाजित भएको र त्यसले सामाजिक अन्तरविरोधलाई पनि तीव्र बनाउँदै लगेको दाबी गरे। पुनले सामाजिक सञ्चालन मार्फत  हालको चुनावी परिणाम हेर्दा युवा पुस्ताले लोकतन्त्र सुधार गर्ने आकांक्षा देखिएको जस्तो देखिए पनि अर्को तर्फ दक्षिणपन्थी लोकप्रियतावाद र नरम अवसरवादको प्रवृत्ति बलियो बन्दै गएको बताए। उनका अनुसार यस्तो प्रवृत्ति अन्ततः अधिनायकवादी चरित्रको उपज हुनसक्ने खतरा रहेको रहेको उल्लेख गरे । उनले राष्ट्रिय स्वाधीनता र गणतन्त्र समेत संकटमा पर्ने अवस्था देखिएको टिप्पणी गर्दै यसको विकल्पका रूपमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने धारणा राखे। त्यस्तो सरकारले जमिन, शिक्षा, स्वास्थ्य, रोजग...
रुकुम पश्चिममा  जनार्दन शर्मा भन्दा ४ हजार ९ सय ३१ मतले गोपाल शर्मा अघि

रुकुम पश्चिममा  जनार्दन शर्मा भन्दा ४ हजार ९ सय ३१ मतले गोपाल शर्मा अघि

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
  रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनाको पछिल्लो अपडेट अनुसार तारा चुनाव चिह्नका उम्मेदवार गोपाल शर्मा  (अनल)अग्रस्थानमा रहेका छन्। हालसम्मको मतपरिणाम अनुसार उनले १५ हजार १ सय ४९ मत प्राप्त गरेका छन्। त्यस्तै आँखा चुनाव चिह्नका उम्मेदवार जनार्दन शर्मा (प्रभाकर) ले १० हजार १० मत प्राप्त गरेका छन् भने रूख चुनाव चिह्नका उम्मेदवार राजु केसी ले १० हजार २ सय १८ मत ल्याएका छन्। यसरी हालसम्मको गणनामा गोपाल शर्मा जनार्दन शर्मा भन्दा ४,  हजार ९ सय ३१ मतान्तरले अगाडि रहेका छन्। यो मतपरिणाम आठबिसकोट नगरपालिका, बाफिकोट गाउँपालिका, चौरजहारी नगरपालिका र सानिभेरी गाउँपालिका को अन्तिम मतगणनाबाट आएको हो। अहिले पनि मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका को मतगणना बाँकी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।...
रुपन्देही–२ मा  ५६ हजार ५५० मत  प्राप्त गर्दै रास्वपाका सुलभ खरेल विजयी

रुपन्देही–२ मा  ५६ हजार ५५० मत  प्राप्त गर्दै रास्वपाका सुलभ खरेल विजयी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
रूपन्देही  । रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५५० मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेले १२ हजार ८६१ मत पाए । खरेल ४३ हजार ६८९ मतान्तरसहित विजयी बनेका हुन् । यस्तै, कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ पाए । 
संसदीय निर्वाचन ‘नाटक’ मात्र भएको नेकपा (बहुमत) को दाबी

संसदीय निर्वाचन ‘नाटक’ मात्र भएको नेकपा (बहुमत) को दाबी

Breaking News 1, प्रमुख समाचार, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हालै सम्पन्न संसदीय निर्वाचनलाई ‘नाटक’ मात्र भएको टिप्पणी गरेको छ। पार्टीका महासचिव कन्चन ले जारी गरेको प्रेस विज्ञप्तिमा पुरानै राजनीतिक व्यवस्था कायम राखेर गरिएको चुनावले देशको समस्या समाधान गर्न नसक्ने उल्लेख गरिएको छ। पार्टीका अनुसार देशमा वास्तविक परिवर्तनका लागि समाजवादी नीति आवश्यक छ। पुरानै राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था कायम रहेसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी समस्या समाधान नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। निर्वाचन बहिष्कार कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा गतिविधि गरिएको भन्दै पार्टीले सो क्रममा ३७ जना नेता तथा कार्यकर्ता पक्राउ परेको जनाएको छ। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग पनि गरिएको छ। पार्टीले केही स्थानमा मतदाताले असन्तुष्टि जनाउँदै रित्तो मतपेटिका फिर्ता पठाएको दाबी गरेको छ। साथै न...
परिवर्तनको लहरका कारण हार व्यहोरेँ : शंकर पोखरेल

परिवर्तनको लहरका कारण हार व्यहोरेँ : शंकर पोखरेल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति
दाङ - नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले दाङ क्षेत्र नं २ मा आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता र समर्थकले निकै मेहनत गरे पनि परिवर्तनको लहर’ का कारण हार व्यहोर्नुपरेको बताएका छन्। उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गरेका छन्। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी का प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।...
रुकुम पश्चिममा मतगणना जारी, जनार्दन शर्मा भन्दा २ हजार मतले गोपाल शर्मा अगाडि

रुकुम पश्चिममा मतगणना जारी, जनार्दन शर्मा भन्दा २ हजार मतले गोपाल शर्मा अगाडि

Breaking News 1, प्रमुख समाचार, समाचार
रुकुम पश्चिम । यहाँ जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेकपाका उम्मेदवार गोपाल शर्मा अग्रस्थानमा रहेका छन्। पछिल्लो विवरण अनुसार शनिबार बिहान करिब ६ बजेसम्म शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रलोपाका जनार्दन शर्माले ५ हजार १६० मत ल्याएर दोस्रो स्थानमा रहेका छन्। त्यसैगरी अर्का उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। मतगणना अघि बढ्दै जाँदा नतिजामा फेरबदल हुन सक्ने सम्भावना रहेको छ।...
शेखर कोइरालालाई ठूलो मतान्तरले हराउँदै रास्वपाकी रुविना विजयी

शेखर कोइरालालाई ठूलो मतान्तरले हराउँदै रास्वपाकी रुविना विजयी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
 मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य भारी मतान्तरसहित निर्वाचित भएकी छन्। आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए। उनीहरूबीच ४२ हजार ६६३ मतको फराकिलो अन्तर रहेको छ। यसैगरी नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत प्राप्त गरेका छन्। उल्लेखनीय छ, २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डा. कोइराला विजयी भएका थिए।...