रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनाको पछिल्लो अपडेट अनुसार तारा चुनाव चिह्नका उम्मेदवार गोपाल शर्मा (अनल)अग्रस्थानमा रहेका छन्। हालसम्मको मतपरिणाम अनुसार उनले १५ हजार १ सय ४९ मत प्राप्त गरेका छन्।
त्यस्तै आँखा चुनाव चिह्नका उम्मेदवार जनार्दन शर्मा (प्रभाकर) ले १० हजार १० मत प्राप्त गरेका छन् भने रूख चुनाव चिह्नका उम्मेदवार राजु केसी ले १० हजार २ सय १८ मत ल्याएका छन्।
यसरी हालसम्मको गणनामा गोपाल शर्मा जनार्दन शर्मा भन्दा ४, हजार ९ सय ३१ मतान्तरले अगाडि रहेका छन्।
यो मतपरिणाम आठबिसकोट नगरपालिका, बाफिकोट गाउँपालिका, चौरजहारी नगरपालिका र सानिभेरी गाउँपालिका को अन्तिम मतगणनाबाट आएको हो।
अहिले पनि मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका को मतगणना बाँकी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।