थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित १० जना प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ।

डीआईजी दिनेश कुमार आचार्य नेतृत्वको समितिले घटनामा संलग्न प्रहरी माथि सचेत, ध्यानाकर्षण, सख्त चेतावनी, नसिहत र ग्रेड घटुवासम्मको कारबाही प्रस्ताव गरेको हो।

प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार हिरासत व्यवस्थापनमा कमजोरी देखिएकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन निगरानी प्रणाली कडा बनाउन, ड्युटीका समयमा नियमित सुपरिवेक्षण गर्न तथा संवेदनशील घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी अनिवार्य गर्न समितिले सुझाव दिएको छ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...