Day: May 27, 2026

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्यक्तिमार्फत जेन-जी आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा समेत अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र सार्वजनिक अशान्तिमा केवल सडकमा उपस्थित व्यक्तिहरूको भूमिका मात्रै नभई सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्तिहरूको अभिव्यक्ति र गतिविधिले पनि असर पारेको हुनसक्ने देखिएको छ । यही आधारमा उपाध्यायसहित केही व्यक्तिको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनायो कि बनाएन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको आयोगले उल्लेख गरेको छ ।...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको भूमिका, अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिले प्रभाव पारेको वा दुरुत्साहन गरेको हो कि होइन भन्ने विषयमा अनुसन्धान गर्न भनिएको छ। अनुसन्धानको सूचीमा जेनजी अभियन्ता, पूर्व पत्रकार, कन्टेन्ट क्रियटर तथा राष्ट्रिय स्वतन्त्र पार्टी का केही सांसदहरूसमेत परेका छन्। आयोगले दोषी देखिए कानुनअनुसार कारबाही गर्न र स्वच्छ सुनुवाइ सुनिश्चित गर्दै अनुसन्धान अघि बढाउन सुझाव दिएको छ।...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न सबै सञ्चारमाध्यमलाई आह्वान गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले पत्रकारमाथि निगरानी राख्ने, त्रास सिर्जना गर्ने, समाचार संकलनमा अवरोध गर्ने तथा श्रमजीवी पत्रकारको अधिकार संरक्षण नगरेको आरोप लगाइएको छ । महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णयअनुसार सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने व्यवस्था विभेदकारी र स्वेच्छाचारी भएको जनाएको छ । उक्त निर्णयले सामुदायिक तथा निजी सञ्चारमाध्यमको दीगोपन र श्रमजीवी पत्रकारको पेशागत सुरक्षामाथि गम्भीर असर परेको महासंघको भनाइ छ । उक्त निर्णय खारेज गर्न माग गर्दै महासंघले चरणबद...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित १० जना प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ। डीआईजी दिनेश कुमार आचार्य नेतृत्वको समितिले घटनामा संलग्न प्रहरी माथि सचेत, ध्यानाकर्षण, सख्त चेतावनी, नसिहत र ग्रेड घटुवासम्मको कारबाही प्रस्ताव गरेको हो। प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार हिरासत व्यवस्थापनमा कमजोरी देखिएकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन निगरानी प्रणाली कडा बनाउन, ड्युटीका समयमा नियमित सुपरिवेक्षण गर्न तथा संवेदनशील घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी अनिवार्य गर्न समितिले सुझाव दिएको छ।...
जाजरकोटमा हाइस दुर्घटना, ७ जना घाइते

जाजरकोटमा हाइस दुर्घटना, ७ जना घाइते

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार
जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। छेडागाड–१३ कार्कीगाउँबाट नेपालगन्ज जाँदै गरेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी मध्यपहाडी सडकअन्तर्गत भेरी नगरपालिका–८ चौखेढुंगामा आज बिहान दुर्घटनामा परेको हो। प्रहरीका अनुसार घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। गाडी चालक खिमराज केसी भने सकुशल रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।...
प्रहरीको १४ दिने अल्टिमेटम : जग्गा खाली गर, स्थानीयको प्रश्न : हामी कहाँ जाने ?

प्रहरीको १४ दिने अल्टिमेटम : जग्गा खाली गर, स्थानीयको प्रश्न : हामी कहाँ जाने ?

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जारी गरेको सूचनाअनुसार तुलसीपुर उपमहानगरपालिका–५ अन्तर्गत रहेको तुलसीपुर नक्सा नं. ५/घ, कित्ता नं. २६८३, क्षेत्रफल ०–१६–६२.५४ वर्गमिटर जग्गामा अनाधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गरिएको उल्लेख गरिएको छ । कार्यालयले १५ दिनभित्र उक्त जग्गामा बनेका घरटहरा तथा अन्य भौतिक संरचना स्वयं हटाई जग्गा खाली गर्न आग्रह गरेको छ । अन्यथा कानुनी प्रक्रियामार्फत संरचना हटाइने चेतावनी सूचना मार्फत दिइएको छ । यस विषयमा स्थानीय बासिन्दाले भने आफूहरूलाई कुनै समन्वय नगरी एकतर्फी रूपमा निर्णय गरिएको भन्दै विरोध जनाएका छन् । उनीहरूका अनुसार यसअघि टोल विकास संस्थाले पनि बस्ती खाली गर्ने सूचना जारी गरेको थियो । तर प...