काठमाडौं । राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।
वीरगञ्ज महानगरपालिकाको नेतृत्व गरिरहेका सिंहमाथि नागरिकतासम्बन्धी लिखत किर्ते गरेको आरोप लागेको हो । सोही आरोपमा पर्सा जिल्ला अदालत ले पक्राउ अनुमति जारी गरेको अदालत स्रोतले जनाएको छ ।
अदालतका तहसिलदार देवराज भट्टराई का अनुसार ८ जेठमै पक्राउ अनुमति प्रदान गरिएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय पर्सा का डीएसपी हरिबहादुर बस्नेत ले पनि मेयर सिंहविरुद्ध लिखत कसुरसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति आएको पुष्टि गरेका छन् ।
(