Day: May 26, 2026

नागरिकता विवादमा मेयर सिंह पक्राउ अनुमति

नागरिकता विवादमा मेयर सिंह पक्राउ अनुमति

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ । वीरगञ्ज महानगरपालिकाको नेतृत्व गरिरहेका सिंहमाथि नागरिकतासम्बन्धी लिखत किर्ते गरेको आरोप लागेको हो । सोही आरोपमा पर्सा जिल्ला अदालत ले पक्राउ अनुमति जारी गरेको अदालत स्रोतले जनाएको छ । अदालतका तहसिलदार देवराज भट्टराई का अनुसार ८ जेठमै पक्राउ अनुमति प्रदान गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालय पर्सा का डीएसपी हरिबहादुर बस्नेत ले पनि मेयर सिंहविरुद्ध लिखत कसुरसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति आएको पुष्टि गरेका छन् । (...
बैठकबाट किन ? निकालियो कांग्रेसबाट निर्वाचित सांसदलाई

बैठकबाट किन ? निकालियो कांग्रेसबाट निर्वाचित सांसदलाई

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं— प्रतिनिधिसभाको बैठकमा सभामुखको आदेशबिनै मर्यादापालकहरूले नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका छन्। ​बैठक कक्षभित्र फोटो खिचेको निहुँमा मर्यादापालकहरूले उनलाई बाहिर लगेका हुन्। घटनाबारे प्रतिक्रिया दिँदै सांसद सेन्दाङले भनिन्, मलाई बैठकमा फोटो खिच्न हुँदैन भन्ने थाहा थिएन। मर्यादापालकहरूले बाहिर लगेर फोटो डिलिट गर्न भनेपछि मैले डिलिट गरेर फेरि भित्र आएँ। ​सभामुखको रुलिङ वा निर्देशनबिना मर्यादापालक आफैँले जनप्रतिनिधिलाई बैठक कक्षबाट बाहिर निकालेको यो घटनालाई संसद् वृत्तमा चासोका साथ हेरिएको छ।...
दमन र धरपकड बन्द गर्न माओवादीको माग

दमन र धरपकड बन्द गर्न माओवादीको माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, रोचक, समाचार
गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना नेता–कार्यकर्ता तथा समर्थक माथि राज्यद्वारा दमन, निगरानी र पक्राउको धम्की दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा पार्टीसँग आवद्ध व्यक्तिहरूको घरमा पुगेर घेराउ गर्ने, छापा मार्ने, दुःख दिने तथा पक्राउको धम्की दिने कार्य भइरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरिएको छ। अन्यथा देशव्यापी प्रतिकारात्मक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत पार्टीले दिएको छ। पार्टीले आफूहरू देश, जनता, मजदुर र किसानको पक्षमा निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै राजनीतिक गतिविधिमाथिको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ। त्यस्तै, पार्टीका केही केन्द्रीय सदस्यहरूको घरमा समेत छापा मारिएको र दुःख दिने कार्य भएको दाबी गर्दै त्यसलाई...
बंगलाचुलीमा आन्दोलन चर्किँदै : सहमति कार्यान्वयन नभए गाउँपालिकामा ताला लगाउने चेतावनी

बंगलाचुलीमा आन्दोलन चर्किँदै : सहमति कार्यान्वयन नभए गाउँपालिकामा ताला लगाउने चेतावनी

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङको बंगलाचुली गाउँपालिकामा खानी प्रभावित स्थानीयले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले टिपर सञ्चालन अनिश्चितकालका लागि बन्द गरिसकेका छन्। स्थानीयका अनुसार बंगलाचुली–४ जुम्लेपानी क्षेत्रमा एक किलोमिटर सडक कालोपत्रे गर्ने सहमति भए पनि काम सुरु भएको छैन। धुलो, ध्वनी तथा वातावरणीय प्रदूषणले जनजीवन प्रभावित बनेपछि स्थानीय आन्दोलित भएका हुन्।...
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीको आरोप, महासंघद्वारा आपत्ति

वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीको आरोप, महासंघद्वारा आपत्ति

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । समाचार सामग्रीकै विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि प्रहरीले निगरानी बढाएको, धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिमार्फत धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, त्रास र हस्तक्षेप प्रेस स्वतन्त्रताविरुद्ध हुने उल्लेख गर्दै सञ्चारकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले सार्वजनिक गरेको धारणा अनुसार समाचार सम्प्रेषणकै कारण पत्रकारलाई निगरानीमा राख्ने, पक्राउको प्रयास गर्ने वा धम्की दिने कार्य लोकतान्त्रिक मूल्य र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको जनाएको छ । साथै महासंघले घटनाबारे निष्पक्ष छानबिन गरी पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकार तथा सुरक्षा निकायलाई आग्रह गरेको छ ।...
प्रतिष्ठानमा बिरामीको चाप : एकैदिन १२ सय बढीले लिए उपचार सेवा

प्रतिष्ठानमा बिरामीको चाप : एकैदिन १२ सय बढीले लिए उपचार सेवा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सोमबार एकैदिन १ हजार २ सय ७ जना बिरामीले उपचार सेवा लिएका छन्। शनिबार र आइतबारको सार्वजनिक बिदापछि सोमबार बिरामीको अत्यधिक चाप देखिएको हो। प्रतिष्ठानका अनुसार ओपिडी सेवाबाट १ हजार ८७, इमर्जेन्सीमा ६६ तथा ५४ जना बिरामी भर्ना भएर उपचाररत रहेका छन्। ओपिडीमा ७०७ महिला र ३८० पुरुषले सेवा लिएका छन् भने इमर्जेन्सीमा ३४ महिला र ३२ पुरुष पुगेका थिए। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मात्रै ३९३ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ। भौतिक पूर्वाधार अभावका बीच सीमित स्रोतसाधनबाट सेवा प्रवाह गर्नुपर्दा प्रतिष्ठानलाई थप चुनौती बढेको छ।...