दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सोमबार एकैदिन १ हजार २ सय ७ जना बिरामीले उपचार सेवा लिएका छन्। शनिबार र आइतबारको सार्वजनिक बिदापछि सोमबार बिरामीको अत्यधिक चाप देखिएको हो।
प्रतिष्ठानका अनुसार ओपिडी सेवाबाट १ हजार ८७, इमर्जेन्सीमा ६६ तथा ५४ जना बिरामी भर्ना भएर उपचाररत रहेका छन्। ओपिडीमा ७०७ महिला र ३८० पुरुषले सेवा लिएका छन् भने इमर्जेन्सीमा ३४ महिला र ३२ पुरुष पुगेका थिए।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मात्रै ३९३ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ। भौतिक पूर्वाधार अभावका बीच सीमित स्रोतसाधनबाट सेवा प्रवाह गर्नुपर्दा प्रतिष्ठानलाई थप चुनौती बढेको छ।