वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीको आरोप, महासंघद्वारा आपत्ति

काठमाडौं । समाचार सामग्रीकै विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि प्रहरीले निगरानी बढाएको, धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिमार्फत धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले पत्रकारमाथि हुने कुनै पनि प्रकारको दबाब, त्रास र हस्तक्षेप प्रेस स्वतन्त्रताविरुद्ध हुने उल्लेख गर्दै सञ्चारकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघले सार्वजनिक गरेको धारणा अनुसार समाचार सम्प्रेषणकै कारण पत्रकारलाई निगरानीमा राख्ने, पक्राउको प्रयास गर्ने वा धम्की दिने कार्य लोकतान्त्रिक मूल्य र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको जनाएको छ ।

साथै महासंघले घटनाबारे निष्पक्ष छानबिन गरी पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकार तथा सुरक्षा निकायलाई आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...