काठमाडौं— प्रतिनिधिसभाको बैठकमा सभामुखको आदेशबिनै मर्यादापालकहरूले नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका छन्।
बैठक कक्षभित्र फोटो खिचेको निहुँमा मर्यादापालकहरूले उनलाई बाहिर लगेका हुन्। घटनाबारे प्रतिक्रिया दिँदै सांसद सेन्दाङले भनिन्, मलाई बैठकमा फोटो खिच्न हुँदैन भन्ने थाहा थिएन। मर्यादापालकहरूले बाहिर लगेर फोटो डिलिट गर्न भनेपछि मैले डिलिट गरेर फेरि भित्र आएँ।
सभामुखको रुलिङ वा निर्देशनबिना मर्यादापालक आफैँले जनप्रतिनिधिलाई बैठक कक्षबाट बाहिर निकालेको यो घटनालाई संसद् वृत्तमा चासोका साथ हेरिएको छ।