संसदीय निर्वाचन ‘नाटक’ मात्र भएको नेकपा (बहुमत) को दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हालै सम्पन्न संसदीय निर्वाचनलाई ‘नाटक’ मात्र भएको टिप्पणी गरेको छ। पार्टीका महासचिव कन्चन ले जारी गरेको प्रेस विज्ञप्तिमा पुरानै राजनीतिक व्यवस्था कायम राखेर गरिएको चुनावले देशको समस्या समाधान गर्न नसक्ने उल्लेख गरिएको छ।

पार्टीका अनुसार देशमा वास्तविक परिवर्तनका लागि समाजवादी नीति आवश्यक छ। पुरानै राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था कायम रहेसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी समस्या समाधान नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचन बहिष्कार कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा गतिविधि गरिएको भन्दै पार्टीले सो क्रममा ३७ जना नेता तथा कार्यकर्ता पक्राउ परेको जनाएको छ। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग पनि गरिएको छ।

पार्टीले केही स्थानमा मतदाताले असन्तुष्टि जनाउँदै रित्तो मतपेटिका फिर्ता पठाएको दाबी गरेको छ। साथै निर्वाचन परिणामले परम्परागत दलप्रति जनताको असन्तुष्टि देखिएको भन्दै वैज्ञानिक समाजवादको पक्षमा संघर्ष जारी राख्ने पार्टीले जनाएको छ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...