मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्य भारी मतान्तरसहित निर्वाचित भएकी छन्।
आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए। उनीहरूबीच ४२ हजार ६६३ मतको फराकिलो अन्तर रहेको छ।
यसैगरी नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४०० मत प्राप्त गरेका छन्।
उल्लेखनीय छ, २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डा. कोइराला विजयी भएका थिए।