यो चुनावले पश्चिमेली पुँजीवादका नयाँ अनुहारका गोटीहरू मात्रै बदलिने छन् : तिलक पुन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का सचिवालय सदस्य तिलक पुन ले वर्तमान निर्वाचन प्रक्रियाले जनताको वास्तविक समस्याको समाधान दिन नसक्ने बताएका छन्। उनले अहिले नेपालमा चलिरहेको राजनीतिक प्रवृत्ति दुई धारमा विभाजित भएको र त्यसले सामाजिक अन्तरविरोधलाई पनि तीव्र बनाउँदै लगेको दाबी गरे।

पुनले सामाजिक सञ्चालन मार्फत  हालको चुनावी परिणाम हेर्दा युवा पुस्ताले लोकतन्त्र सुधार गर्ने आकांक्षा देखिएको जस्तो देखिए पनि अर्को तर्फ दक्षिणपन्थी लोकप्रियतावाद र नरम अवसरवादको प्रवृत्ति बलियो बन्दै गएको बताए। उनका अनुसार यस्तो प्रवृत्ति अन्ततः अधिनायकवादी चरित्रको उपज हुनसक्ने खतरा रहेको रहेको उल्लेख गरे ।

उनले राष्ट्रिय स्वाधीनता र गणतन्त्र समेत संकटमा पर्ने अवस्था देखिएको टिप्पणी गर्दै यसको विकल्पका रूपमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने धारणा राखे। त्यस्तो सरकारले जमिन, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

पुनले वर्तमान निर्वाचनलाई जनताको हितभन्दा पनि संसदीय दलाल व्यवस्थाको निरन्तरता सँग जोडिएको प्रक्रिया भएको आरोप लगाए। उनका अनुसार पश्चिमेली राजनीतिक हस्तक्षेपको ठाडो विरोध गर्न नसक्दा चुनावी प्रतिस्पर्धा पनि तिनै एजेन्डाहरूको जित–हारमा सीमित हुने अवस्था बनेको छ। यो चुनावले जनताको वास्तविक निकास दिने छैन, पुनले भने, पश्चिमेली पुँजीवादका नयाँ अनुहारका गोटीहरू मात्रै बदलिने छन्।

उनले आम नागरिक तथा उत्पीडित जनताका अधिकार सुनिश्चित गर्न वैकल्पिक राजनीतिक धार निर्माण आवश्यक रहेको पनि बताएका छन्।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...