अछाम । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाममा कडा प्रतिस्पर्धापछि भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन्। उनलाई नेपाली कांग्रेस का उम्मेदवार भरतकुमार स्वार ले ५ सय २६ मतान्तरले हराउँदै विजयी भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गरेका छन् भने रावलले १० हजार २ सय ३३ मत पाए। दुवैबीचको मतान्तर ५ सय २६ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दीपकबहादुर साउद तेस्रो स्थानमा रहे। उनले ७ हजार ३८९ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार ओमप्रकाश रावल ले १ हजार ७३९ मत प्राप्त गरेका छन्।
अछाममा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको थियो। अन्ततः झिनो मतान्तरसहित कांग्रेसका स्वार विजयी हुँदा रावल पराजित भएका हुन्।