घोराहीमा सहिद दिवसको अवसरमा दिपप्रज्वलन
दाङ । दाङ घोराहीको सहिद गेटमा आज सहिद दिवसको अवसरमा साँझ दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
दिपप्रज्वलन कार्यक्रममा बोल्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहोराले सहिदहरूको बलिदानलाई सम्झिँदै उनीहरूको सपना पूरा गर्न वर्तमान व्यवस्था विरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको बताए ।
उनले सहिदहरूले शोषण, दमन र अन्यायविरुद्ध जीवन बलिदान दिएको उल्लेख गर्दै आज पनि जनताको अवस्था परिवर्तन हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । सहिदहरूले देखाएको बाटोमा हिँडेर वैज्ञानिक समाजवाद स्थापना नभएसम्म उनीहरूको बलिदान अधुरो रहनेछ, बोहोराले भने ।
बोहोराले युवाविद्यार्थीहरूलाई सहिदहरूको आदर्श आत्मसात् गर्दै परिवर्तनकारी आन्दोलनमा सक्रिय हुन आह्वान समेत गरे । उनले शिक्षा, रोजगारी र सामाजिक न्यायका सवालमा राज्य असफल भइरहेको भन्दै यसक...







