उपत्यका स्तरीय शहीद स्मृति फुटसल प्रतियोगिता सुरु

काठमाडौं । प्रथम उपत्यका स्तरीय अन्तर विद्यालय शहीद स्मृति फुटसल प्रतियोगिता–२०८२ आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

काठमाडौंको कलंकीस्थित हाम्रो फुटसल ग्राउण्डमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गरेका हुन्। उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उनले खेलकुदले युवालाई अनुशासन, एकता र परिवर्तनको चेतना दिने उल्लेख गर्दै शहीदहरूको स्मरणलाई खेलकुदसँग जोड्नु सकारात्मक पहल भएको बताए।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित प्रगतिशील खेलकुद महासंघद्वारा आयोजित प्रतियोगिता माघ १६ र १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा उपत्यकाका विद्यालय तथा कलेजस्तरीय टिमहरूको सहभागिता रहेको छ।

प्रतियोगितामा उत्कृष्ट टिम तथा खेलाडीलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...