फागुन २१ को निर्वाचन अस्वीकार, प्रचारप्रसार निषेध गरेको माओवादीको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई कथित निर्वाचनको संज्ञा दिँदै पूर्ण रूपमा अस्वीकार गरेको छ । पार्टीले विभिन्न जिल्लामा निर्वाचन प्रचारप्रसार गतिविधि निषेध गरेको घोषणा गर्दै त्यसको उल्लङ्घन भए प्रतिकार गरिने चेतावनी दिएको छ ।

केन्द्रीय कार्यालय सचिव  दिपकको हस्ताक्षर द्वारा जारी प्रेस विज्ञप्तिमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका एजेन्टहरूद्वारा दलाल संसदीय व्यवस्थामार्फत निर्वाचन थोपर्ने प्रयास भइरहेको आरोप लगाइएको छ । पार्टीले यस्तो निर्वाचनले देशको राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न गरेको दाबी गरेको छ ।

विज्ञप्तिअनुसार धादिङ, नुवाकोट, चितवन, बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, दाङ, अर्घाखाँची, प्युठान, बाजुरा, बझाङ, तेह्रथुम, इलाम, पाँचथर, संखुवासभा, भोजपुर, सल्यान, कालिकोट, कपिलवस्तु, काभ्रे लगायतका जिल्लामा निर्वाचनसम्बन्धी प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ ।

निषेधित जिल्लामा चुनावी गतिविधि सञ्चालन भए नेपाली जनताद्वारा प्रतिकार गरिने चेतावनी दिँदै पार्टीले सम्पूर्ण सञ्चारकर्मी, पत्रकार, बुद्धिजीवी तथा संघ–संस्थालाई उक्त निर्णयको सम्मान गर्न आग्रह गरेको छ । साथै पार्टीले बहिष्कारवादी टिम र सम्पूर्ण नेपाली जनतालाई कथित निर्वाचन बहिष्कारमा सक्रिय हुन आह्वान गरेको छ ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...