घोराहीमा सहिद दिवसको अवसरमा  दिपप्रज्वलन

दाङ । दाङ घोराहीको सहिद गेटमा आज सहिद दिवसको अवसरमा साँझ दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

दिपप्रज्वलन कार्यक्रममा बोल्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहोराले सहिदहरूको बलिदानलाई सम्झिँदै उनीहरूको सपना पूरा गर्न वर्तमान व्यवस्था विरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको बताए ।

उनले सहिदहरूले शोषण, दमन र अन्यायविरुद्ध जीवन बलिदान दिएको उल्लेख गर्दै आज पनि जनताको अवस्था परिवर्तन हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । सहिदहरूले देखाएको बाटोमा हिँडेर वैज्ञानिक समाजवाद स्थापना नभएसम्म उनीहरूको बलिदान अधुरो रहनेछ, बोहोराले भने ।

बोहोराले युवाविद्यार्थीहरूलाई सहिदहरूको आदर्श आत्मसात् गर्दै परिवर्तनकारी आन्दोलनमा सक्रिय हुन आह्वान समेत गरे । उनले शिक्षा, रोजगारी र सामाजिक न्यायका सवालमा राज्य असफल भइरहेको भन्दै यसको विकल्प जनताको पक्षमा उभिने क्रान्तिकारी शक्तिहरू मात्र हुन सक्ने दाबी समेत गरेका थिए ।

दिपप्रज्वलनमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजक लगाएत जिल्लाका बिद्यार्थी नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।  भने सहभागीहरूले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरेका थिए ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...