साङ्ग्रिला बैंक घोराहीद्वारा माबि सौडियारलाई फिल्टर सहयोग

दाङ । साङ्ग्रिला बिकास बैंक घोराही शाखाले श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारलाई इलेक्ट्रिकल फिल्टर सहयोग गरेको छ । बैंकका शाखा म्यानेजर सुदर्शन बिष्टले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिलाई संयुक्तरुपमा फिल्टर हस्तान्तरण गरिएको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा आफ्नो बार्षिकोत्सबको अवसर पारेर बिद्यालयलाई छनौट गरेर फिल्टर सहयोग गरिएको म्यानेजर बिष्टले बताए । उनले बैंकपनि समाजको अभिन्न अंग भएकाले समाजसंग जोडिएर सदैब काम गर्न तयार रहेको र सोही अनुसार बैंकले आफ्ना सामाजिक गतिबिधि गरिरहने बताए । हस्तान्तरण कार्यक्रममा बैंकका अपरेशन इन्चार्ज सरिता शर्मा, लोन अफिसर गौरब बाम र सहायक कर्मचारी भोजराज खनालको सहभागिता रहेको थियो ।

सहयोग गर्ने बैंक परिवारलाई बिद्यालयको तर्फबाट प्रधानाध्यापक वलिले धन्यवाद दिदै आउदा दिनमा यस्ता कार्यक्रमहरु सहयोग गर्न आग्रह गरे । बिब्यस अध्यक्ष भट्टराईले बैंकले सहयोग गरेको फिल्टरबाट बिद्यार्थीलाई शुद्ध पिउने पानीको ब्यबस्था गर्न सहजता हुने बताए ।  कार्यक्रमको सन्चालन बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गरेका थिए ।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...