आफ्नै भाईले लेखे एमाले उमेदवार ठाकुर गैरेलाई चिठ्ठी भने : `तपाईंको पार्टी हार्याे´

आदणिय दाजु ठाकुर प्रसाद गैरे नमस्कार एवम् अभिवादन!

आराम रहि आरामताकाे कामना गर्दछु, भाउजू र बाबु लगायत सपरिवारहरुमा समेत आरामताकाे कामना गर्दछु। तपाईं शीत भेट नभएको पनि मंसिरमा १ बर्ष पुगेर दुई महिना लागेछ। दाजु भेट गरेर भलाकुसारि गर्ने मन धेरै नै थियोे तर तपाईं एउटा अभियानमा र म अर्को अभियानमा भए कै कारणले सायद हाम्रो भेट यति लामाे दुरी सम्म पनि नभएको हाेला! फाेनमा कहिलेकाहीँ संवाद भए पनि भेटलाई नजिक बनाउन सायद तपाईं र मेरो आआफ्नै अभियानको कार्य व्यस्तताले दिएन हाेला! अहिले पनि म एउटा अभियान लिएर हिडिरहेकाे छु र तपाईं पनि एउटा अभियानमा हुनु हुन्छ। यहीँ कारणले प्रत्यक्ष भेट हुन नसके पनि सार्वजनिक रुप मै मनमा धेरै कुराहरु खेलि रहेकोले तपाईंलाई पत्र लेख्न बाध्य भएको छु। यसमा अन्यथा नलिईकन, पढिदिनु हाेला र बुझिदिनु हाेला दाजु। साथै यसरी पत्र लेख्न बाध्य भएकोमा क्षमाप्रार्थी छु।

तपाईंको परिचर्चा र मेरो बाध्यता :
२०६३ सालमा नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित भएर तपाईं परीचर्चामा आईरहदा म भने त्यतिबेला विपरीत विचारमा उभिन बाध्य भएको थिए। किन कि यस भन्दा अगाडिका पार्टी र आन्दाेलनहरुले सामन्ती हिन्दु ब्राह्मणवादी पितृसत्तात्मक उत्पिडनकाे सिकारमा परेका हामीहरुलाई न्याय दिलाउन असफल भएको थियो। जसको कारणले मैले न्याय प्राप्तिका लागि २०६१ सालदेखि नै तत्कालीन महान जनयुद्धले स्थापित गरेका विद्यार्थी संगठन देखि विभिन्न संगठनहरुमा रहि काम गरिरहेकाे थिए। तपाईंको परीचर्चाहरु विद्यार्थीलाई यातायातमा सहुलियत भाडादर कायम हुनुपर्ने, कालापानी मार्च, मातृभुमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेचीदेखि महाकालीसम्म भारतले गरेको सीमा अतिक्रमणका विरुद्धको अभियान, देशका विभिन्न ठाउँहरुमा भएका भारतीय हस्तक्षेप र स्थानीय जनतामाथि भएको आक्रमणमा घाइते भएकाहरूको रक्षा र त्यस विरुद्धको आन्दोलन, शाही ज्यादा पारस शाहले गायक प्रविण गुरुङको हत्या गरेपछि हत्यारालाई कारबाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी तत्कालीन राजा विरेन्द्रलाई बुझाइएको आन्दोलनको नेतृत्व, पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार विरोधी आन्दाेलन र राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाकाे संवालमा आन्दाेलनको नेतृत्व तपाईंले गरिरहदा मलाई त्यतिबेला पनि लाग्ने गर्थ्याे हाम्रो परिवार भित्र पनि यति ईमानदार र न्यायिक नेतृत्वकर्ता हुदाहुदै हामीले किन अन्याय भाेग्नु परिरहेको छ र म फरक बाटोमा हिड्नु परेको छ भनेर मनमा धेरै प्रश्नहरु खेलाउन बाध्य हुन्थे!

२०६४ मा तपाईं कमान्डर र म स्टाप :
२०६३ सालको अन्तरिम सरकार र अन्तरिम संसदले स्थापना गरेको संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे २०६४ चैत २८ गते सम्पन्न पहिलो प्रतिनिधि सभाको चुनावमा २०७९ मा तपाईंले नै पराजित गरिदिनु भएका र अहिले पनि तपाईंकै प्रतिस्पर्धि बनिरहनु भएका साेम प्रसाद पाण्डेकाे चुनावी कमान्डर भएर लाग्नु भएकाे थियो। म भने ठिक उल्टो परीदृश्यबाट त्यतिबेलाका तत्कालीन तपाईंका उमेदवारका प्रतिस्पर्धि तत्कालीन नेकपा(माओवादी) कि उमेदवार लिला साेमै बगालेमगरलाई जिताउन दुई नम्बर निर्वाचन क्षेत्रका चुनावी सहकमाण्डर कमरेड राेसन राउटेकाे याेङ्ग कम्युनिस्ट लिग(YCL) पाल्पा जिल्ला कार्यलयले खटाए अनुसार म स्टाप बनेर खटिएकाे थिए। हालका तपाईंका प्रतिस्पर्धि साेम प्रसाद पाण्डेलाई हराउन र तपाईं साेम प्रसाद पाण्डेलाई जिताउन तपाईं हाम्रो लडाइँ निकै राेचक र चुनाैति पुर्ण नै थियोे। हामीले त्यतिबेला सहिद परिवार र दुधे नाबालककाे आमालाई पहिलोपटक चुनावी मैदानमा उतारेका थियौं भने तपाईंहरुले २०५१ र २०५६ सालमा दुई दुई पटक जिति सकेका उमेदवार साेम प्रसाद पाण्डेलाई उतार्नु भएको थियो र हामीले त्यतिबेला शानदार पराजित गर्दै तत्कालीन उमेदवार लिला साेमैबगाले मगरलाई जिताउन सफल भयौं साेम प्रसाद पाण्डेलाई हराउन सफल भयौं। अहिले उनै साेम प्रसाद पाण्डे कै पाँच पाँच पटक चुनावी कमान्डर भएर चार पटक जिताउनु भएका तपाईंले नै छैठौं पटकका उमेदवार दाेस्राे पटक हराउनु भएका उनै साताैं उमेदवार साेम प्रसाद पाण्डे संग फेरि पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस अर्थमा पनि यसपटकको चुनाव पनि पाल्पा क्षेत्र नम्बर दुई राेमान्चक प्रतिस्पर्धाकाे थलो बन्ने निश्चित छ। एकातिर नेपाली काँग्रेस कै पुर्व विद्यार्थी केन्द्रीय नेता तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, अर्का तिर चार चार पटक जितेका दुई पटक हारेका नेपाली कम्युनिस्ट पार्टीका पुर्व मन्त्री साेम प्रसाद पाण्डे अर्को तिर तपाईं याे त्रिपक्षीय भिडन्त सामान्य छैन्। हामीले २०६४ मा जसरी फलामको चिउरा चपाउदै पार्टीको आदेश बिना पनि मैले युवाहरूलाई गरेको राेलकलले मलाई नै स्पष्टीकरणमा पारेको जत्तिकै जाेस, हाेस, आवेग र पिडाले भरिएको यसपालिको चुनाव पनि त्यस्तै तपाईंको लागि बनेकाे छ।

निरन्तर अन्याय पछि तपाईंको जित :
पार्टी भित्र तपाईंको पदीय यात्रा निरन्तर उकालो लागिरहे पनि संसदीय राज्य व्यवस्थाकाे प्रणालीमा तपाईंलाई अन्याय भई रहेको दृष्ट्रान्त कसैकाे सामु छिपेकाे थिए। स्पष्ट ढंगले बुझिने गरि पाल्पाली जनताले नै महसुस गर्ने गरि त्यो अन्यायपूर्ण कदमहरु उदाङ्गाे भएको थियो। तपाईं प्रति त्यतिबेला न्याय भयो जब नेकपा(एमाले) दाेस्राेपटक माधवकुमार नेपालकाे नेतृत्वमा फुट्याे तब बाध्यता बस तपाईं प्रति संसदीय राज्य व्यवस्थाकाे प्रणालीमा जाने औंपचारिक ढाेका खुलेको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ। यसलाई नै तपाईंको पार्टीको मुल नेतृत्वले अरु कुनै प्रतिस्पर्धि नभेटाए पछि २०७९ काे चुनावमा तपाईं नै पाँच पाँच पटक चुनावी कमान्डर बनेर चार पटक जिताउनु भएका हालका पनि प्रतिपक्ष उमेदवार साेम प्रसाद पाण्डे संग नै तपाईंको पहिलोपटक प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति बन्यो। तर त्यतिबेलाकाे प्रतिस्पर्धा मात्रै भएन तपाईंलाई पार्टी र बाहिरबाट तपाईं माथि न्याय भएको प्रकट व्यक्त भयो। जसले गर्दा तपाईंका सुभचिन्तकहरुका मत, पार्टी पंक्तिकाे मत र साहानुभुतिकाे मतले साेम प्रसाद पाण्डेलाई हराउँदै तपाईंलाई न्याय पुर्ण विजयी बनायो। जसले गर्दा पहिलोपटक तपाईं संसदीय व्यवस्थाकाे प्रणालीको प्रक्रियामा औंपचारिक रुपमा प्रवेश गर्नु भयो। यद्यपि त्यो प्रणाली भित्र पनि कार्यकारी तहको जिम्मेवारी नदिएता पनि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिकाे सभापति बनाएर न्याय दिलाईयाे। तपाईंको त्यो न्याय पुर्ण विजयीकाे यात्रा चलिरहदा म भने त्यतिबेला तत्कालीन नेकपा(बहुमत) जिल्ला संगठन समिति पाल्पाको सचिवको रुपमा रहेर नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाकाे चुनाव बहिष्कारमा सक्रिय भएको थिए।

पार्टी हार्याे तर तपाईं विजयी :
यतिबेला नेकपा(एमाले) माथिकाे प्रहार तिब्र रुपमा चलिरहेको छ। केही अर्थमा सायद तपाईं पनि त्यसको सिकार बन्नु भएकै छ। मलाई यतिबेला दिंवगत कम्युनिस्ट आन्दाेलनका गुरु आरसि चापागाईंकाे भनाइ याद आउछ जति बेला तपाईंहरु बुटवलमा पार्टी महाधिवेशन र युवा संघ नेपालकाे महाधिवेशन सम्पन्न गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशन मेरो बुटवल बसाइँ भएकोले म प्रत्यक्ष दर्शि भएर हेर्ने र अध्ययन गर्ने माैका मिलेको थियो। त्यतिबेला देखि नै तपाईंहरुकाे पार्टी भित्र गुटिय राजनीतिले औंपचारिक प्रवेश पाएकाे र केपी ओलि चर्चामा प्रवेश गरेका थिए। उनी पार्टी भित्र निर्णायक मतका गुटतिय नेतृत्वकर्ताका रुपमा उभिएका थिए उनले जसलाई समर्थन गर्याे त्यो नै पार्टी अध्यक्ष बन्ने निश्चित थियो। त्यतिबेला देखि नै यस पछिकाे पार्टी अध्यक्ष केपी ओलि अहिले निर्णायककर्ता भनेर प्रचारप्रसार नै गरिएको थियो। साेहि बेला नै गुरु आरसि चापागाईंले भन्नुभएको थियोे `केपी ओलि पार्टी अध्यक्ष भयो भने र प्रधानमन्त्री भयो यसले पार्टी पनि सिध्याउछ र देशलाई पनि भड्खालाेमा हाल्छ´ भन्नुभएको थियो। सायद भनिने गरिन्छ नेपाली उखानमा `आगाे ताप्नु मुढाकाे कुरा सुन्नु बुढाको !´ उहाँले भनेको त्यो कुरा यतिबेला सम्झिदा स्पष्ट भएको महसुस हुन्छ। केपी ओलि पार्टी अध्यक्ष भएकै बेलामा नेकपा(एमाले) भित्र पनि फुट भयो भने देश पनि केपी ओलि प्रधानमन्त्री भए कै बेलामा गम्भीर विस्फोटमा पुग्याे। तर तपाईं भने जिति रहनु भएको छ। २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित भए पछि तपाईंको औंपचारिक विजयी यात्रा शुरु भएको थियो। २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी पाल्पाको अध्यक्षमा, २०५३ सालमा केन्द्रीय कमिटी सदस्यमा, केन्द्रीय कमिटीको सचिवालयमा, केन्द्रीय सचिवमा, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित हुनु भयो। २०६६ सालमा बुटवलमा सम्पन्न भएको नेकपा एमालेको आठौं महाधिवेशन र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा भारी मतका साथ विजयी हुनु भयो, पार्टीको पोलिटब्युरो सदस्य भएर २०७९ मा सम्पन्न पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक मत साथ निर्वाचित हुनु भयाे। २०८२ मंसिरमा काठमाडौंमा सम्पन्न नेकपा(एमाले) ११ औं महाधिवेशनमा सचिव पदमा पराजित भए पनि केन्द्रीय सदस्यमा अत्याधिक मतका साथ विजयी हुनु भयो भने २०८२ फागुनमा सम्पन्न हुने निर्वाचनका लागि पार्टीको गुटिय प्रभावका कारण टिकट उपलब्ध नगराईए पछि जनस्तरबाट र पार्टी पंक्तिबाट तपाईंको माग भएकोले अन्तिम घडीमा पार्टी मुल नेतृत्वले तपाईंलाई नै चुनावी टिकट उपलब्ध गराएको छ यसैलाई भनिन्छ चुनाव हाेईन् जनताको मनाेनित। जनता र पार्टी पंक्तिका कार्यकर्ताहरुले माग गर्नु भनेकै तपाईं विजयी हुनु सरह हाे अब पराजित भए पनि आम जनता र पार्टी कार्यकर्ताहरुले तपाईंलाई विजयी बनाई सके यसलाई भनिन्छ Election हाेईन् Selection। पद मागेर हाेईन, टिकट मागेर हाेईन्, याचना गरेर हाेईन्, किनेर हाेईन्, गुटबन्दी गरेर हाेईन् र चाप्लुसी गरेर हाेईन् निसर्त जनता र पार्टी पंक्तिका कार्यकर्ताहरुले माग गर्ने नेता बन्नुपर्छ। पार्टी कार्यकर्ता र जनताहरुले नै पद मागि दिन्छन् र टिकट मागि दिन्छन् भन्ने कुरालाई साबित गरिदिनु भएको छ। यद्यपि तपाईंको ईमानदारीता, स्पष्टता र अध्ययनशिलताले गर्दा वर्तमान पार्टी हेडक्वाटरकाे नजरमा ईतर व्यक्ति भए पनि जनता र पार्टी कार्यकर्ताहरुकाे नजरमा तपाईं आँखामा नबिझाउने नानी बन्नु भएको छ यसलाई सधैंव कायम राख्नु हाेला दाजु।

तपाईं निर्वाचनमा र म अस्वीकारमा :
बाध्यतात्मक परिस्थितिबाट प्रवेश गरेको मेरो राजनीतिक यात्राले यतिबेला विचारधारात्मक राजनीतिककाे नेतृत्वमा परिपक्व बनाउदै अगाडि बढाई रहेकाे छु। हाम्रो विचारधाराले भन्छ वास्तविक मालेमावादी अर्थात कम्युनिस्टहरुले जनसत्ता, जनअदालत र जनसेना सहितको कम्युनिज्म व्यवस्था हुनुपर्छ। तर नेपालमा कम्युनिस्ट पार्टी स्थापना भए पनि, त्यसको लहर अहिलेसम्म कायम भए पनि अन्ततः नवसंशाेधनवाद तिर प्रवेश गरेर नक्कली कम्युनिस्ट बन्ने खतरनाक राेग डाक्टर रायमाझीकाे पाला देखि नेपाली कम्युनिस्ट आन्दाेलनमा प्रवेश गरिरह्याे त्यो राेग अहिलेसम्म कायम भएको छ। त्यसैको सिकार नेकपा मशाल देखि पछिल्लो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा(माओवादी) विप्लव र नेकपा(बहुमत) सम्म देखिन्छ । यसकाे सिकारकर्ताहरु विशेषत: दुमामा लेनिनले संसदीय चुनाव उपयोग कार्यनीतिलाई लिएर विश्लेषण गर्ने गर्छन्। दुमामा लेनिनले चुनाव उपयाेग गरेको परिस्थिति र नेपालमा हाल सम्म सम्पन्न चुनाव उपयाेगकाे कुरा फरक छन्। यहाँको भुराजनितिक अवस्थिति मात्रै नभएर सामाजिक, राजनीतिक, साँस्कृतिक र शैक्षिक अवस्थाले गर्दा नेपाल अहिलेसम्म क्रान्ति कै आधार भुमिमा परिणत भई रहेकै छ राजनीतिक क्रान्ति अहिलेसम्म सम्पन्न हुन सकिरहेको छैन्। अझै पछिल्लो समय नेपालमा भएका प्रत्येक चुनावहरुले राष्ट्रघात र जनघातलाई अनुमाेदन गरिरहेकाे छ। नेपालमा पहिलोपटक २०१५ सालमा गरिएको चुनावले २००७ सालमा राजा, राणा र दिल्ली भारत शीत गरिएको त्रिपक्षीय सम्झौतालाई संस्थागत गरेर परजीवी अर्थात पराधीन बनायाे।, २०६५ सालमा गरिएको चुनावले सात दल र दिल्ली सम्झौताहरुलाई संस्थागत गर्दै अंगीकृत नागरिकता पास गरेर राष्ट्रघात गर्याे।, २०७१ सालमा भएको चुनावले २०६९ सालमा पहिलो प्रतिनिधि सभा विघटन गरि २०६८ सालमा व्यापार सन्धि बिप्पा सम्झौता लगायतका थुप्रै राष्ट्रघाति सम्झौताहरुलाई अनुमाेदन गरेर जनघात गर्याे।, २०७४ सालमा भएको चुनावले २०७८ सालमा प्रजातान्त्रिक काँग्रेस, लाेकतान्त्रिक एमाले र नक्कली कम्युनिस्ट समाजवादी सबै मिलेर MCC पास गरेर राष्ट्रघात गरे। अहिलेसम्म भएका चुनावहरुले राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई नै सिध्याउने बाटो अवलम्बन गरेका छन्। यस्ता चुनावहरुलाई प्रयोग गर्नु कत्तिको सान्दर्भिकता हुन्छ? अब २०८२ फागुन २१ गरिने वा अब गरिने कुनै पनि चुनावले पनि SPP अर्थात अमेरिकी लगानी सुरक्षा परियोजना सम्झौता पास गरेर राष्ट्रघात गर्ने नै छ। यस्ता राष्ट्रघाति र जनघाति चुनावहरुमा तपाईंको जितले देशलाई निकास त दिन सक्दैन् तथापि फेरि तपाईं चुनावी मैदानमा उत्रनु भएको छ भने म Right To Reject लाई प्रयोग गर्दै फेरि पनि राष्ट्रघाति सम्झौता अनुमाेदन गर्ने यस चुनावलाई अस्वीकार गर्न आह्वान गरिरहेकाे छु। याे चुनावले अहिलेसम्म अलिअलि बचेको नेपाली राष्ट्रियता र स्वाधीनतालाई पनि समाप्त गर्नेछ, अब निर्वाचित हुने नेतृत्वहरुले नेपाल जस्तो भुराजनितिक संवेदनशील देशलाई युक्रेनि राष्ट्रपति जेलेंस्कीले जस्तै युद्ध रणचाैकिमा परिणत गर्नेछन्। त्यसैले यस्ता राष्ट्रघाति र जनघाति सम्झौताहरु अनुमाेदन गर्न गरिने चुनावहरु अस्वीकार गराैं, भाेट नहालाैं, यस्ता राष्ट्रघाति चुनावलाई राष्ट्रप्रेमि, प्रगतिशील र क्रान्तिकारीहरु सबै मिलेर निकम्मा बनाई दियौं मैले २०६४ पछि यताका कुनै पनि चुनावमा भाेट हालेको छैन् र अब पनि हाल्ने छैन्। नमस्कार दाजु ! चुनाव अघि भेट असम्भव हाेला नै चुनाव पछाडि सम्भव भएछ भने भेट्ने काेसिस गर्नेछु । उहीँ तपाईंको भाइ

मुक्ति गैरे
बुटवल उपमहानगरपालिका रुपन्देही
हाल काठमाडौं
मिति २०८२ माघ १६ गते

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...