Day: January 1, 2026

नर्सिङ अध्ययनबाट हजारौँ विद्यार्थी वञ्चित, अखिल (क्रान्तिकारी) को सरकारलाई ध्यानाकर्षण

नर्सिङ अध्ययनबाट हजारौँ विद्यार्थी वञ्चित, अखिल (क्रान्तिकारी) को सरकारलाई ध्यानाकर्षण

Uncategorized
काठमाडौं । नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) ले CTEVT अन्तर्गत नर्सिङ अध्ययन गर्न चाहने हजारौँ विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापनको अभावका कारण योग्य विद्यार्थीहरू पढ्न नपाएकोत्को क्रान्तिकारीकाे आरोप छ। अखिल (क्रान्तिकारी) ले सरकारी अस्पतालहरूलाई नर्सिङ विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि तत्काल प्रयोग गर्न माग गरेको छ। निजीकरणमुखी नीतिका कारण समस्या जटिल बन्दै गएको भन्दै निःशुल्क, गुणस्तरीय र सर्वसुलभ प्राविधिक तथा स्वास्थ्य शिक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ। माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि संघले दिएको छ।...
गगन थापा राजनीतिक प्रतिवेदन लेख्दै, विशेष महाधिवेशन तयारी तीव्र

गगन थापा राजनीतिक प्रतिवेदन लेख्दै, विशेष महाधिवेशन तयारी तीव्र

समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल पुगेका छन्। सभापति शेरबहादुर देउवासँगको भेट स्थगित भएपछि थापा तयारीमा जुटेका हुन्। थापाले भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हल बुक गरिसकेका छन्। नियमित महाधिवेशन ढिलो भएकाले विशेष महाधिवेशन अपरिहार्य भएको उनको धारणा छ। पुस २७–२८ गते महाधिवेशन गर्ने तयारी भइरहेको छ। यस विषयमा जानकारी गराउन दुवै महामन्त्री देउवालाई भेट्ने तयारी भए पनि अन्तिममा समय नदिइएको बताइएको छ।...
कञ्चनपुरमा कम्युनिस्ट युवा संगठन नेपालको दोस्रो जिल्ला भेला सम्पन्न

कञ्चनपुरमा कम्युनिस्ट युवा संगठन नेपालको दोस्रो जिल्ला भेला सम्पन्न

Uncategorized
कञ्चनपुर । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले राजवीर चन्द ठकुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऐरीले राज्य जनताको आधारभूत अधिकारप्रति उदासीन बनेको आरोप लगाउँदै उनले शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले त्यसलाई निःशुल्क र सर्वसुलभ बनाइनु पर्नेमा जोड दिए । फाल्गुन २१ गतेको निर्वाचनअघि राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क नगरे हामी बाध्य भएर चुनाव बहिष्कारको बाटो रोज्नेछौँ उनले भने । साथै उनले युवाहरूलाई संगठित र वैचारिक रूपमा सुदृढ हुँदै जनसंघर्षमा अगाडि बढ्न आह्वान गरे। त्यस्तै, विशिष्ट अतिथि डीडी पाण्डेले वर्तमान राज्य व्यवस्था जनताप्रति जिम्मेवार नरहेको उल्लेख गर्दै जनपक्षीय राज्य स्थापनाका लागि संघर्ष अनिवार्य रहेको बताएका थिए । पार्टीका जिल्ला इन्चार्ज र...
राप्ती, लुम्बिनीका विद्यालयहरूमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार  तीव्र

राप्ती, लुम्बिनीका विद्यालयहरूमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार तीव्र

Uncategorized
लुम्विनी प्रदेश । नेकपा (बहुमत) ५ नम्बर ब्यूरो अन्तर्गत जारी जनसंविधानका लागि जनसंघर्ष कार्यक्रमअन्तर्गत सिस्ने–सुस्ता अभियान र अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान संयुक्त रूपमा सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वाधीनता, नि:शुल्क शिक्षा तथा भ्रष्टाचारको अन्त्यलगायतका मुद्दा उठाउँदै प्रदेशका विभिन्न जिल्लामा विद्यार्थी जागरण अभियान तीव्र पारेको छ। अभियानको क्रममा रूकुम पश्चिम, सल्यान र दाङका विभिन्न विद्यालयहरूमा संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) ले लुम्बिनी प्रदेशले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई वर्तमान शिक्षा प्रणाली, राज्यको चरित्र, शैक्षिक माफियाकरण र भ्रष्टाचारविरुद्ध सचेत गराउँदै वैकल्पिक जनमुखी शिक्षाको पक्षमा संगठित हुन आह्वान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर...
जुनिचाँदे गाउँपालिकामा उपाध्यक्षद्वारा कर्मचारीमाथि हातपात

जुनिचाँदे गाउँपालिकामा उपाध्यक्षद्वारा कर्मचारीमाथि हातपात

राजनीति, समाचार
जाजरकोट । जुनिचाँदे गाउँपालिकामा जनप्रतिनिधिको गैरजिम्मेवार व्यवहार सार्वजनिक भएको छ। गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र बहादुर शाहीले मदिरा सेवनको अवस्थामा कार्यालयमै कार्यालय सहयोगी लालबहादुर शाहीमाथि कुटपिट गरेको आरोप लागेको छ। पीडित कर्मचारीका अनुसार सेवाग्राहीको काम गरिरहेका बेला उपाध्यक्ष मदिरा सेवन गरी कार्यकक्षमा प्रवेश गर्दै गालीगलौज र हातपातमा उत्रिएका हुन्। घटनामा घाइते भएका लालबहादुर शाहीले प्रहरी चौकी जुनिचाँदेमा जाहेरी दिएका छन्। घटनाले स्थानीय तहमा जनप्रतिनिधिको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।...
विदेशी दलाल सरकारको आरोप, समाजवादी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन अस्वीकारको अपिल

विदेशी दलाल सरकारको आरोप, समाजवादी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन अस्वीकारको अपिल

राजनीति, समाचार
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले विदेशी दलालको कठपुतली सरकार भएको आरोप लगाउँदै आगामी फागुन २१ गते हुने निर्वाचन अस्वीकार गर्न अपिल गरेको छ। पार्टीले उक्त निर्वाचन औचित्यहीन, प्रतिगामी र वैदेशिक शक्तिकेन्द्रको डिजाइनअनुसार हुने नाटक मात्र भएको दाबी गरेको छ। जारी अपिलमा पार्टीले सुशीला कार्की नेतृत्वको सरकार विदेशी हस्तक्षेपबाट बनेको, राष्ट्रिय स्वाधीनता र जनाधिकारमाथि प्रहार भएको तथा निर्वाचनमार्फत देश जलाउने अपराधलाई अनुमोदन गराउन खोजिएको आरोप लगाएको छ। त्यसैले कुनै पनि देशभक्त, वामपन्थी र लोकतन्त्रवादीले निर्वाचनमा सहभागी नहुनुपर्ने पार्टीको भनाइ छ। पार्टीले सबै राजनीतिक दल र आम जनसमुदायलाई निर्वाचन बहिष्कार गर्दै समाजवादी गन्तव्यसहित स्वाधीन राष्ट्र निर्माणको बाटोमा अघि बढ्न आह्वान गरेको छ।...
आज तुलसीपुर महोत्सवमा नायक पल शाह आउँदै

आज तुलसीपुर महोत्सवमा नायक पल शाह आउँदै

राजनीति, समाचार
दाङ — नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव आज विशेष आकर्षणका साथ जारी छ। महोत्सवका सांस्कृतिक संयोजक टिकाजंग वलीका अनुसार आज बिहीबार लोकप्रिय अभिनेता पल शाह महोत्सवमा सहभागी हुँदै दर्शकलाई मनोरञ्जन दिनेछन्। पल शाहसँगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्कालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास र मनोरञ्जनलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव तुलसीपुरमा पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।...
सशस्त्रको गोलीपछि सुनसरी तनाव, राजमार्ग ठप्प

सशस्त्रको गोलीपछि सुनसरी तनाव, राजमार्ग ठप्प

समाचार
विराटनगर — सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। उनीमाथि दुई राउन्ड गोली लागेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। प्रदर्शनका कारण ठूला सवारी साधन ठप्प भएका छन् भने मोटरसाइकल मात्र चलिरहेका छन्। प्रहरी र स्थानीयबीच भएको वार्ता असफल भएपछि दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन जारी छ।...
आज १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस

आज १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस

समाचार, समाज
दाङ — ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित आज देशभर १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। युवाहरूको पहलमा २०७० सालदेखि हरेक वर्ष जनवरी १ मा मनाइँदै आएको यस दिवसले दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीजस्ता राष्ट्रिय पोशाकलाई पुनः स्थापित गर्न सहयोग पुर्‍याएको बताइन्छ। दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाकमा सजिएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। राजधानीसहित विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।...
सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, पाँच जना हतियारसहित पक्राउ

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, पाँच जना हतियारसहित पक्राउ

राजनीति, समाचार
जाजरकोट — जाजरकोटमा सिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पुस १३ गते बिहान बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न जंगल गएका थिए। सोही क्रममा प्रचण्डदेव सिंहको गोली लागेर मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकैको खाल्डोबाट भरुवा बन्दुकलगायत हतियार फेला परेपछि प्रहरीले सोही वडाका पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह रहेका छन्। उनीहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामे चक्कु, १३५.१८ ग्राम बारुद र भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे...