विराटनगर — सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक चालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। उनीमाथि दुई राउन्ड गोली लागेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्। प्रदर्शनका कारण ठूला सवारी साधन ठप्प भएका छन् भने मोटरसाइकल मात्र चलिरहेका छन्।
प्रहरी र स्थानीयबीच भएको वार्ता असफल भएपछि दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन जारी छ।